बीएमडब्ल्युको लन्च हुने आगामी बाइकको नाम जी३१० आरआर हुने पुष्टि

बीएमडब्ल्युले चाँडै नै जी३१० आरआर नामको बाइक लन्च गर्न लागेको छ । कम्पनीले यस बाइकको परीक्षण सुरु गरिसकेको छ र यसको लन्च जुन १५, २०२२ मा हुनेछ । रिपोर्टका अनुसार बीएमडब्ल्युको नयाँ बाइक टीभीएस अपाचे ३१०मा आधारित छ ।

अपाचे आरआर३१० को प्लेटफर्ममा आधारित भएको हुनाले यसको इन्जिन पावर अपाचेको जस्तै हुने अपेक्षा गरिएको छ । नयाँ बीएमडब्ल्यु ३१२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड मोटरको साथ उपलब्ध हुनेछ, जसले ३४ बीएचपीको पावर र २७.३ एनएमको टर्क जेनेरेट गर्नेछ । बीएमडब्ल्यु ३१० को टप स्पिड १६० किमी हुनेछ र यसले ७.१७ सेकेन्डमा ० देखि १०० किमीको गति लिन सक्ने क्षमता रहेको छ । यसमा ६ स्पिड ट्रान्समिसन जोडिएको छ ।

बीएमडब्ल्यु जी ३१० आरआरमा अलोय ह्विल डिजाइन, अपडेट ग्राफिक्स र रिभाइज्ड इन्जिन केसिङ समावेश छ । सो बाइकमा ब्लुटुथ कनेक्टिभिटी, डुअल च्यानल एबीएस, स्लिपर क्लच र राइड बाई वायर सहितको ५ इन्चको कलर डिस्प्ले दिइएको छ । साथै, फेयरिङ युनिट डिजाइनको लागि नयाँ रङको विकल्प पनि समावेश गरिने छ ।

अपाचे ३१० र बीएमडब्ल्यु ३१० एउटै प्लेटफर्ममा निर्माण भएको हुनाले बीएमडब्ल्यु ३१० को मूल्य पनि २ लाख ६५ हजार भारु हुने अनुमान गरिएको छ । भारतमा बीएमडब्ल्यु ३१० बाइक २०२२ केटीएम आरसी ३९० र कावासाकी निन्जा ३०० सँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

भारतमा मूल्य घट्दा नेपालमा साढे ३ लाख बढी मूल्यमा बीएमडब्लु मोटरसाइकल, यस्तो छ कारण

भारतमा मूल्य घट्दा नेपालमा साढे ३ लाख बढी मूल्यमा बीएमडब्लु मोटरसाइकल, यस्तो छ कारण

काठमाडौं – नेपाली बजारमा बीएमडब्लुका दुई मोटरसाइकल बीएस६ जी ३१० जीआर र जी...

नेपालमा बीएमडब्लु आगमनको १ बर्ष पुरा हुँदै, विश्वस्तरिय सेवाबाट ग्राहकको आत्मविश्वास बढ्दै

नेपालमा बीएमडब्लु आगमनको १ बर्ष पुरा हुँदै, विश्वस्तरिय सेवाबाट ग्राहकको आत्मविश्वास बढ्दै

विश्व प्रख्यात जर्मन ब्रान्ड बीएमडब्लु औपचारिक रुपमा नेपाल भित्रिएको १...

एसवाईएम एनएचटी २०० को मूल्य अब ६ लाख २५ हजार : विन्टर अफरका साथ उपलब्ध

एसवाईएम एनएचटी २०० को मूल्य अब ६ लाख २५ हजार : विन्टर अफरका साथ उपलब्ध

काठमाडौं – नेपाली बजारमा नयाँ लटको एसवाईएम एनएचटी२०० मोटरसाइकल भित्रिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...