८०० किमी रेन्ज दिने बीएमडब्ल्यु आई३ ईभी अर्को वर्ष विश्व बजारमा लन्च हुने
बीएमडब्ल्युले नयाँ प्लेटफर्म न्यु क्लासेमा आधारित फ्ल्यागसिप मोडल आई३...
बीएमडब्ल्युले आफ्नो आगामी बाइकको एउटा टिजर जारी गरेको छ । यो कम्पनीको जी३१० आर स्ट्रिट फाइटरको पूर्ण रूपमा फेयर, स्पोर्ट्सबाइक भर्सन जस्तो देखिन्छ । नयाँ मोडल जुलाई १५ मा लन्च गर्ने सम्भावना रहेको छ र टीभीएस अपाचे आरआर३१० को रिब्याज गरिएको भर्सन जस्तो देखिन्छ ।
टिजरमा देखिए अनुसार बीएमडब्ल्युको नयाँ बाइकको एलईडी टेललाइटको डिजाइन टीभीएस अपाचे आरआर३१० सँग मिल्दोजुल्दो छ । बाइकको अन्य डिजाइन पनि अपाचेसँग मिल्दोजुल्दो छ । टिजरमा यसको इन्स्ट्रयुमेन्ट कन्सोल छोपिएको छ तर यो नयाँ मोडलमा टीभीएस स्पोर्ट्स बाइक जस्तै समान टीएफटी युनिट हुने आशा गरिएको छ । बीएमडब्ल्यु जी३१० आर र जी३१० जीएसमा जस्तै यसमा मोनोक्रोम एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल उपलब्ध हुनेछ ।
नयाँ बीएमडब्ल्यु जी३१०आरआर चाहिं टीभीएस अपाचे आरआर३१० मा जस्तै ३१२ सीसी, लिक्विड–कुल्ड, सिंगल सिलिन्डर इन्जिनद्वारा संचालित हुनेछ । यो रिभर्स इन्क्लाइन इन्जिनले ‘स्पोर्ट’ र ‘ट्रयाक’ मोडमा क्रमशः ३४ पीएस पावर र २७.३ एनएम टर्क जेनेरेट गर्ने क्षमता रहेको छ । यसको ‘रेन’ र ‘अर्बन’ मोडमा २५.८ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्छ ।
Adrenaline incoming!#ComingSoon #StayTuned #NewLaunch #RR #NeverStopChallenging pic.twitter.com/1DMl7AL31T
— BMWMotorrad_IN (@BMWMotorrad_IN) June 3, 2022
सो बाइकमा स्लिपर क्लचको साथ ६ स्पिड ट्रान्समिसन रहेको छ । बीएमडब्ल्युको हालको ३१० सीसी मोडलमा राइडिङ मोड उपलब्ध छैन तर निकट भविष्यमा बीएमडब्ल्यु जी३१० आरआरको लन्चिङ पछि राइडिङ मोड र टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोलसँग अपडेट गरिनेछ ।
टिजरका अनुसार बीएमडब्ल्युको नयाँ ३१० स्पोर्ट्स बाइकमा ब्रान्डको सिग्नेचर कलर हुने स्पष्ट देखिन्छ । जसमा सेतो र रातो, निलो र भायोलेट हाइलाइट समावेश छन् ।
बीएमडब्ल्युले नयाँ प्लेटफर्म न्यु क्लासेमा आधारित फ्ल्यागसिप मोडल आई३...
ब्रिटिश ड्राइभर लुइस ह्यामिल्टनका लागि हिजो रसियन ग्रांपी चलिरहेको सोची...
मर्सिडिज वेन्जले व्रेकिङ सिस्टमा समस्या आउनसक्ने अनुमान लगाउँदै विश्व...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...