बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक एसएभी अब नेपालमा, मूल्य २ करोड ३० लाख
काठमाडौं – बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक स्पोर्टस् एक्टिभिटी भेइकल...
मर्सिडिज वेन्जले व्रेकिङ सिस्टमा समस्या आउनसक्ने अनुमान लगाउँदै विश्व बजारबाट १० लाख हराहारी कार फिर्ता लिने तयारी थालेको छ । जर्मन फेडरल ट्रान्सपोर्ट अथोरिटीले एपिएफलाई जनाए अनुसार सन् २००४ देखी २०१५ को विचमा उत्पादन गरिएका एमएल र जिएल एसयुभी सिरिज तथा आर–क्लास लक्जरी भ्यानलाई उसले फिर्ता लिन लागेको हो ।उक्त मितीमा उत्पादन गरिएका कुल ९ लाख ९३ हजार यस्ता कारलाई फिर्ता लिएर परिक्षण गर्न लागिएको एपिएफले जनाएको छ ।
ग्राहकले आफूसंग भएको यी मोडलका गाडीमा कुनै समस्या महशुुस गरे तत्कालै कम्पनीलाई सम्पर्क गर्न समेत भनिएको छ । यसरी रिकल गरिने गाडीको परिक्षण गरेर समस्या रहित बनाएपछि ग्राहकलाई हस्तान्तरण गर्ने मर्सिडिज वेन्जको योजना छ ।
लक्जरी कार निर्माता मर्सिडिज वेन्जले यसअघि पनि आफ्ना गाडीमा हुन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै विभिन्न चरणमा गाडी रिकल गरी त्यसको उचित मेन्टिनेन्स गरेर ग्राहकलाई हस्तान्तरण गर्दै आइरहेको छ ।
ग्राहकको सुरक्षमा निकै नै संवेदनशिल मानिने मर्सिडिज जस्ता विश्वप्रख्यात कार उत्पादकहरुले आफ्नो कुनै गाडीमा समस्या आउँदा त्यसको पुरै लट फिर्ता वोलाएर सुरक्षा संवेदनशिलतामा उच्च चासो व्यक्त गर्ने गरेका छन् ।
काठमाडौं – बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक स्पोर्टस् एक्टिभिटी भेइकल...
बीएमडब्ल्यु मोटरार्डले भारतीय बजारमा जी ३१० आरआर स्पोर्ट बाइक लन्च गरेको...
बीएमडल्युले एक्सएम लेबल रेडको पहिलो टिजर सार्वजनिक गरेको छ । सो एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...