धेरै माइलेज दिने बाइकको खोजी : पाँच ब्रान्डका १२५ सीसी मोटरसाइकलको यस्तो छ माइलेज र मूल्य

पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुगेपछि निजी सवारी प्रयोगकर्ता सबैभन्दा बढी मारमा परेका छन् । यसमा पनि निम्न मध्यम आयस्रोत भएका मोटरसाइकल प्रयोगकर्ता धेरैै नै मारमा पर्ने देखिन्छ । यो वर्गका अधिकांश उपभोक्ताले कार्यलय प्रयोजनका लागि मोटरसाइकल प्रयोग गर्ने हुँदा उनीहरुको आयस्रोतमा असन्तुलन पैदा गर्ने देखिएको हो ।

नेपाली बजारमा अहिले १ सय सीसीदेखि २५० सीसी सम्मका मोटरसाइकल बढी मात्रामा खपत भैरहेको छ । जसमध्ये १५० सीसी सम्मका मोटरसाइकल र त्यसभन्दा माथिल्लो क्षमताका मोटरसाइकल प्रयोग गर्ने उपभोक्ताको वर्ग फरकफरक रहेको छ । प्रायः १५० सीसीसम्मका मोटरसाइकल प्रयोग गर्ने ग्राहकले माइलेजलाई बढी जोड दिने गरेका छन् भने त्यसभन्दा बढी सीसी क्षमताका मोटरसाइकल प्रयोग गर्नेहरु फिचर्स र पावर तथा पर्फमेन्समा बढी केन्द्रित बन्ने गरेको पाइन्छ ।

मोटरसाइकलको सीसी जतिमात्रामा बढ्दै गयो त्यसले दिने माइलेज समेत सोही अनुपातमा कम हुँदै जाने कारण अहिलेको अवस्थामा ग्राहकले कम सीसीका मोटरसाइकललाई बढी मात्रामा रुचाउने देखिन्छ । यस्तोमा हामीले नेपाली बजारमा १५० सीसी सेग्मेन्टपछि सर्बाधिक विक्री हुने १२५ सीसी सेग्मेन्टमा उपलब्ध ५ ब्रान्डका मोटरसाइकलको माइलेज र मूल्य बारे जानकारी दिएका छौ ।

होन्डा
१२५ सीसी सेग्मेन्टमा सबैभन्दा बढी बिक्ने बाइक हो होन्डा साइन । नेपाली बजारमा यो सिवी साइन र सिवी साइन एसपी गरी कुल २ भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । १२५ सीसी क्षमताको इन्जिन जडान गरिएको यो बाइकको अधिकतम पावर १०.१६ बीएचपी र टर्क १०.३० एनएम रहेको छ । यो बाइकले प्रतिलिटर पेट्रोलको खपतमा ६५ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ । ड्रम र डिस्क दुवै भेरिएन्टमा उपलब्ध यो बाइकको मूल्य २ लाख ४३ हजार ९ सय देखि २ लाख ७३ हजार ९ सय रुपैयाँसम्म निर्धारण गरिएको छ ।

हिरो
हिरोसँग यो सेग्मेन्टमा सुपर स्प्लेन्डर र ग्ल्यामर गरी कुल २ मोडलका मोटरसाइकल उपलब्ध छन् । जसमध्ये स्प्लेन्डरको अधिकतम पावर ९ पीएस र टर्क १०.३५ एनएम तथा ग्ल्यामरको पावर ११.५ पीएस र टर्क ११ एनएम रहेको छ । नेपालको तराई भेगमा सर्वाधिक रुचाइएको सुपर स्प्लेन्डरले प्रतिलिटर इन्धनको खपतमा ५५ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ । त्यसैगरी ग्ल्यामरले पनि ५५ देखि ६० किलोमिटरसम्मको माइलेज दिने दाबी छ । ग्ल्यामर बीएस४ र बीएस६ दुवै भेरिएन्टमा उपलब्ध छ । नेपाली बजारमा सुपर स्प्लेन्डरको मूल्य २ लाख २० हजार रुपैयाँ तोकिएको छ भने ग्ल्यामर बीएस४ को २ लाख ५ हजारदेखि २ लाख ३६ हजार ५ सय रुपैयाँसम्म तथा बीएस६ को २ लाख ७६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बजाज
यो सेग्मेन्टमा बजाजसँग पनि पल्सर र डिस्कभर गरी कुल २ मोडलका मोटरसाइकल उपलब्ध छन् । जसमध्ये पल्सर १२५ ले प्रतिलिटर इन्धनको खपतमा ६० किलोमिटर माइलेज दिने दाबी गरिएको छ भने डिस्कभरले ७० किलोमिटरसम्मको माइलेज दिने दाबी छ । यी मध्ये पल्सर १२५ को पावर ११.८ पीएस र टर्क १०.८ एनएम रहेको छ । यसैगरी डिस्कभरको अधिकतम पावर १३ पीएस र टर्क १०.७९ एनएम रहेको छ । नेपाली बजारमा पल्सर १२५ को मूल्य २ लाख ४६ हजार ९ सय र डिस्कभरको २ लाख ९ सय देखि २ लाख २७ हजार ९ सय रुपैयाँसम्म निर्धारण गरिएको छ ।

यामाहा
१२५ सीसी सेग्मेन्टमा यामाहाले सलुटो मोडलको मोटरसाइकल आयात गरी कारोबार गरिरहेको छ । यो मोटरसाइकलले प्रतिलिटर पेट्रोलको खपतमा ७५ किलोमिटरसम्मको माइलेज प्रदान दिने दाबी गरिएको छ । सलुटोको अधिकतम पावर ८.३ पीएस र टर्क १०.१ एनएम रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

टीभीएस
यो सेग्मेन्टमा टीभीएससँग स्ट्राइकर, म्याक्स र रेडर गरी कुल ३ मोडलका मोटरसाइकल उपलब्ध छन् । जसमध्ये रेडरले ६७ किलोमिटर, म्याक्सले ४० किलोमिटर र स्ट्राइकरले ६५ किलोमिटर माइलेज प्रदान गर्ने दाबी गरिएको छ । पछिल्लो समय चर्चामा रहन सफल रेडरको अधिकतम पावर १२.९ पीएस र टर्क ११.५ एनएम रहेको छ भने म्याक्सको ११.१ पीएस पावर तथा टर्क १०.८ एनएम रहेको छ । यसैगरी स्ट्राइकरको पावर १०.८६ पीएस र टर्क १०.८ एनएम रहेको छ । यी बाइकको मूल्य क्रमशः रेडरको २ लाख ५६ हजार ९ सय, म्याक्सको २ लाख ४१ हजार ९ सय र स्ट्राइकरको २ लाख २१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

सकियो प्रतीक्षा : अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो यामाहा आर७ मोटरसाइकल

प्रतीक्षा सकिएको छ र यामाहाको नयाँ बाइक आर७ अन्तर्राष्ट्रिय बजारमा लन्च...

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

काठमाडौं – सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ...

यामाहा एफजेड–एक्स बाइकको खुल्यो अनौपचारिक बुकिङ, जुन १८ मा लन्च हुँदै

यामाहा एफजेड–एक्स बाइकको खुल्यो अनौपचारिक बुकिङ, जुन १८ मा लन्च हुँदै

जापानी टु ह्विलर निर्माता कम्पनी यामाहाले चाँडै नै भारतीय बजारमा नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...