चुनावका दिन यी रुटमा पर्यटकीय सटल बस चल्ने

काठमाडौं -  स्थानीय तहको निर्वाचनको दिन पर्यटकलाई सहज बनाउन नेपाल पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ ।

सो दिन काठमाडौंमा हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी बोर्डले पर्यटक प्रहरीको सहयोग तथा नेपाल टुरिस्ट भेहिकल एसोसिएसन र टुरिस्ट बस एसोसिएसन अफ नेपालको समन्वयमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवातजावतका लागि विभिन्न रुटहरुमा सशुल्क सटल बस सेवा सञ्चालनको व्यवस्था मिलाइएको उल्लेख छ । 

यी क्षेत्रमा चल्नेछन् बसः

रुट १ 
एअरपोर्ट–एनएसी–होटल अन्नपूर्ण–होटल याक एन्ड यति–ठमेल  चोक–लैनचौर चोक–शंकर होटल–एम्बासडर होटल–एयरपोर्ट 

रुट २ 
एयरपोर्ट–होटल र्याडिसन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एयरपोर्ट 

रुट ३ 
एअरपोर्ट–तीनकुने चोक–होटल एभरेस्ट–माइतीघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एयरपोर्ट ।

सटल बस सेवाबापत प्रतिव्यक्ति ३०० रुपैयाँ शुल्क लाग्ने र उक्त शुल्क सेवा दिँदाका बखतमा सम्बन्धित सेवादाताले नै लिने बताइएको छ । 

सम्बन्धित समाचारहरू

शुरु भयो सेवा : अब यसरी गरौ अनलाइनबाटै ब्लुबुक नवीकरण

शुरु भयो सेवा : अब यसरी गरौ अनलाइनबाटै ब्लुबुक नवीकरण

काठमाडौं – अब बागमती प्रदेश भित्रका सवारी साधनको ब्लुबुक अनलाइनबाटै...

लाइसेन्सको लिखित परीक्षामा सोधिने ५ सय प्रश्न सार्वजनिक, परीक्षा पास गर्न सहज हुने

लाइसेन्सको लिखित परीक्षामा सोधिने ५ सय प्रश्न सार्वजनिक, परीक्षा पास गर्न सहज हुने

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र (लाइसेन्स) का लागि...

बन्द भयो सवारी चालक अनलाइन आवेदन प्रणाली, खुल्ने अनिश्चित

बन्द भयो सवारी चालक अनलाइन आवेदन प्रणाली, खुल्ने अनिश्चित

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...