बजाजको नयाँ बाइक पल्सर २२० एफ एफआई बीएस६ नेपालमा, यी हुन् पहिलेको मोडल भन्दा फरक फिचर
नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको बजाज पल्सर २२०एफ अब नयाँ फिचर...
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । आजदेखी लागु हुने नयाँ मूल्य अनुसार ५ वटा मोडलको मूल्य बृद्धि गरिएको हो । जसमध्ये सबैभन्दा बढी बजाज डोमिनार ४०० मा १० हजार रुपैयाँ बढेको छ । यसअघि ५ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिँदै आएको यो बाइकको नयाँ मूल्य ६ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षमात्रै ३ पटकसम्म मुल्य बृद्धि गरिएको यो वाइकमा नयाँ वर्ष २०७९ शुरु भएयता पहिलोपटक मूल्य बृद्धि गरिउको हो । बजाज डोमिनार ४०० स्पोर्ट्स टुरर बाइक हो । यसमा ३७३.२७ सीसीको डुअल ओभरहेड क्यामसाफ् इन्जिन छ, जसले ३९.९ पीएसको पावर र ३५ एनएमको टर्क जेनेरेट गर्छ ।
बजाजको सबैभन्दा उच्च सिसी क्षमतायुक्त यो बाइकमा फुल एलईडी हेडज्याम्प, डुअल च्यानल एबीएस, स्लिपर क्लच असिष्ट, अपसाइड डाउन फ्रन्ट फोक्र्स, फ्युल इन्जेक्सन सिष्टम लगायत सुबिधा दिइएको छ । यसैगरी यसको इन्धन क्षमता १३ लिटर छ भने यसले २५.५९ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।
सबैभन्दा कम प्लाटिना र पल्सर १५० एसडी र टिडीमा ३ हजार रुपैयाँ बृद्धि गरिएको छ । यसअघि २ लाख ७७ हजार र २ लाख ९३ हजार रुपैयाँमा बिक्री हुँदै आइरहेका यी वाइकको नयाँ मूल्य क्रमश २ लाख ८० हजार र २ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
यसैगरी २ लाख १७ हजार रुपैयाँमा बिक्रि हुँदै आइरहेको डिस्कोभर १२५ डिस्कको मूल्य ५ हजार रुपैयाँले बढाएर २ लाख २२ हजार रुपैयाँ पुर्याइएको छ । वाँकी १३ वटा मोडलको मूल्य भने यसअघिकै लाई कायम गरिएको छ ।
नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको बजाज पल्सर २२०एफ अब नयाँ फिचर...
१२५ सिसी सेग्मेन्टमा सर्बाधिक बिक्री हुने मोटरसाइकलको पहिचान बनाएको...
नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकलमा गनिन्छ पल्सर सिरिज । पल्सर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...