आकर्षक लुक सहित होन्डाले हाइनेस सीबी ३५० मा थप्यो नयाँ फिचर

होन्डा टु ह्विलर इन्डियाले आफ्नो लोकप्रिय बाइक हाइनेस सीबी३५० मा आफ्नो होन्डा स्मार्टफोन भ्वाइस कमाण्ड सिस्टमको लागि आईओएस लन्च गरेको छ । कम्पनीको होन्डा स्मार्टफोन भ्वाइस कमाण्ड सिस्टमले ब्लुटुथ मार्फत स्मार्टफोनमा जडान गरेर कल, सन्देश र नेभिगेसन जानकारी देखाउँछ ।

सो फिचर बाइकको हाई–स्पेक डीएलएक्स प्रो र एनिभर्सरी एडिसन मोडलहरूमा मात्र उपलब्ध छ । डीएलएक्स प्रो को मूल्य २ लाख ३ हजार १७९ भारु छ र एनिभर्सरी भर्सनको मूल्य २ लाख ५ हजार ६७९ भारु छ ।

सो बाइकमा नयाँ आईओएस कम्प्याटिबिलिटी इन्टिग्रेसन बाहेक बाइकका अन्य फिचरमा कुनै परिवर्तन गरिएको छैन । यसमा फुल एलईडी लाइटिङ, होन्डाबाट चयन गर्न मिल्ने टर्क कन्ट्रोल, असिस्ट र स्लिपर क्लच, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, इन्जिन इन्हिबिटरसहित साइड स्ट्यान्ड र ड्युअल च्यानल एबीएस जस्ता फिचर उपलब्ध छ ।

बाइकमा ३४८.३ सीसी सिंगल सिलिन्डर इन्जिन छ, जसले ५५०० आरपीएममा २१ बीएचपी पावर र ३००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्न सक्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । बाइकको हार्डवेयर किटमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स, ट्विन रियर स्प्रिङ्स र दुबै पाङ्ग्रामा डिस्क ब्रेक समावेश गरिएको छ ।

नेपाली बजारमा हाल हाइनेस सीबी ३५० डीएलएक्स भर्सन उपलब्ध छ । यसको मूल्य ७ लाख ७५ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

होन्डा यूनिकर्न र पल्सर १५० को मूल्य एउटै, हेरौ कुन बाइक कति पावरफुल

होन्डा यूनिकर्न र पल्सर १५० को मूल्य एउटै, हेरौ कुन बाइक कति पावरफुल

१५० सिसी सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेको २ लोकप्रिय मोटरसाइकल होन्डा...

जापानमा अनावरण भारतमा उत्पादन, होन्डा जिरो अल्फा ईभी

जापानमा अनावरण भारतमा उत्पादन, होन्डा जिरो अल्फा ईभी

होन्डाले जापान मोबिलिटी शो २०२५ मा पहिलोपटक इलेक्ट्रिक होन्डा जिरो अल्फा...

नयाँ होन्डा सीजीएक्स १५० सार्वजनिक, अफ-रोडिङ सुविधाले सुसज्जित

नयाँ होन्डा सीजीएक्स १५० सार्वजनिक, अफ-रोडिङ सुविधाले सुसज्जित

होन्डाले विश्व बजारमा लन्च गर्नुअघि आफ्नो आगामी बाइक सीजीएक्स १५० का केही...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...