नयाँ कलर थिममा पल्सर एन २५० र एफ २५०

बजाजले पल्सर एन २५० र एफ २५० लाई नयाँ कलर थिममा सार्वजनिक गरेको छ । यो नयाँ थिमलाई उसले क्यारिवियन ब्लु भनेको छ । जसको मूल्य, फिचर्स र पावर तथा पर्फमेन्समा भने कुनै परिवर्तन गरिएको छैन ।

यो नयाँ मोटरसाइकलको हेडलाइट कभर, फेयरिङ, फ्रन्ट फेन्डर, इन्जिन कावल, फ्युल ट्यांक र रियर प्यानलमा आकर्षक निलो रंग पेन्ट गरिएको छ । साथै ह्विल स्ट्रिपलाई एलोई ह्विलसंग म्याच गर्ने गरी अपडेट गरिएको छ ।

भारतीय बजारमा केही समयअघि सार्बजनिक गरिएको यी दुई मोडलमा २४९ सिसी, सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २४.१ एचपी र टर्क २१.५ एनएम रहेको छ । फुल एलइडी लाइट, सेमि डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र स्लिप्पर क्लच जस्ता फिचर्स उपलब्ध गराएको यो वाइक पल्सर सिरीजमा उपलब्ध हालसम्मकै सर्बाधिक प्रिमियम मोडल रहेको जनाइएको छ ।

६ महिनाअघि लन्च गरिएको यो मोटरसाइकल नेपाली बजारमा समेत आउने तयारीमा रहेको वुझिएको छ । नेपाल आउँदा यसको मूल्य ४ लाख ४० हजार हाराहारी पर्ने अनुमान लगाइएको छ । भारतमा अहिले यसको एन २५० लाई १ लाख ४४ हजार र एफ २५० लाई १ लाख ४५ हजार भारुमा बिक्री भैरहेको छ ।

सम्बन्धित समाचारहरू

अपडेट भएर आयो पल्सर १५०, थप ३ नयाँ मोडल लन्च हुँदै

अपडेट भएर आयो पल्सर १५०, थप ३ नयाँ मोडल लन्च हुँदै

बजाजले हालै पल्सर १५० लाई अपडेट गरेको छ । यसमा नयाँ डेकल्सको साथमा एलईडी...

अपडेट भएर आयो पल्सर एनएस–१६० र एनएस–२००

अपडेट भएर आयो पल्सर एनएस–१६० र एनएस–२००

बजाजले आज भारतमा २०२४ पल्सर एनएस–१६० र एनएस–२०० लन्च गरेको छ । सो अपडेटेड...

सुपरबाइक शौखिन प्रविन : जसको नाम नै ‘निन्जा दाई’ बनेको छ

सुपरबाइक शौखिन प्रविन : जसको नाम नै ‘निन्जा दाई’ बनेको छ

कावासाकी ब्रान्डका बाइक हाल नेपाली बजारमा बिक्रीका लागि उपलब्ध छैनन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...