सस्तो भएर आयो एमजी कमेट २ र जेडएस ईभी, प्रति किलोमिटरको हिसाबले रकम तिर्नुपर्ने
एमजी मोटर्स इन्डियाले भारतीय ईभी लाईनअप अपडेट गरेको छ। कम्पनीले आफ्नो...
बजारमा अहिले एकाध वाहेक अधिकांश ब्रान्डका इलेक्ट्रिक कार भनेकै समयमा खरिद गर्न सकिने अबस्था रहेको पाइदैन । सर्बाधिक माग भएका एमजी जेडएस र टाटा नेक्सन इभीलाई हात पार्न ग्राहकले लामो सयमसम्म प्रतिक्षा गर्नुपर्ने देखिएको छ भने किया निरो, हुन्डाई कोना र आयोनिक ५ जस्ता कारको समेत आपूर्ती माग अनुसार भैरहेको छैन ।
इभी पारखीले सबैभन्दा बढी रुचाएको एमजी जेडएस इभीको फेसलिफ्ट मोडल २ महिना अघि लन्च हुँदा यो कारको वुकिङ एक हप्ताभित्रै ५ सय युनिट नाघेको थियो । यति धेरै संख्यामा वुकिङ लिएको आधिकारिक वितरक कम्पनी पारामाउन्ट मोटर्सले पछि गाडी डेलीभरी दिन समस्या हुने देखेपछि वुकिङ वापतको रकम फिर्ता लिन ग्राहकलाई ताकेता गरिरहेको छ । कम्पनीबाट वुकिङ वापतको रकम फिर्ता लिन दवाव वढिरहेपनि तत्कालै अर्को विकल्प नभेटिँदा ग्राहकले भने तत्कालै उक्त रकम फिर्त लिन भने चाहिरहेका छैनन् ।
जसका कारण उनीहरु अहिले कम्पनीले दिएको दोस्रो अप्सन अर्थात गाडी नआउन्जेलसम्म कुर्न तयार भएर वसेको देखिन्छ । एमजी जेडएस इभीको प्रतिस्पर्धी अर्थात विकल्पका रुपमा लिइँदै आएको टाटा नेक्सनमा समेत अभावको समस्या रहिरहेका कारण उनीहरु अर्को विकल्प नहुँदासम्म कुरेरै भएपनि वस्ने मनस्थितीमा पुगेको सहजै अनुमान लगाउन सकिन्छ ।
यसरी अनिश्चित समयसम्म जेडएस इभीका लागि कुरेर वस्न विवस बनेका इभी पारखीका लागी विवाइडीले नेपाल ल्याउन लागेको एट्टो३ राम्रो विकल्प हुने देखिएको छ । अवको केहिदिन भित्रै औपचारिक वुकिङ खुल्ला गर्ने तयारी थालेको आधिकारिक वितरक साइमेक्स इंकले यदि गाडी आपूर्तीको अबस्थालाई सहज बनाउने हो भने एमजी जेडएसका लागि कुरेर वस्न विवस ग्राहकलाई आफ्नो ब्रान्डमा सजिलै आकर्षित गर्न सक्ने देखिन्छ ।
एमजी जेडएस र विवाइडी एट्टो ३ दुबै चीनमा उत्पादन गरिएका इलेक्ट्रिक कार हुन् । यी दुवै कारले दिने रेन्ज समेत लगभग समान रहेको र मूल्यमा समेत खासै अन्तर नरहने देखिएको छ । जेडएस इभी ५१.१ र ७२.६ किलोवाट आवर सहित दुई व्याट्री साइजमा उपलव्ध रहँदै आएको छ भने एट्टो ३ समेत अन्तराष्र्टिय बजारमा ५०.१ र ६०.४ किलोवाट दुई ब्याट्री साइजमै उपलब्ध रहेको छ । नेपालमा भने तत्कालका लागि ठूलो साइजको व्याट्री जडित मोडलमात्र ल्याउने आधिकारिक वितरक कम्पनी साइमेक्स इंकले जनाए अनुसार यो कार ६०.४ किलोवाट आवरको व्याट्री प्याकमा मात्र उपलब्ध हुने पक्कापक्कि भैसकेको छ ।
रेन्जको कुरा गर्नुपर्दा एमजी जेडएसको ठूलो साइजको व्याट्री जडान गरिएको भेरियन्टले ४४० किलोमिटर दिने दावी गरिएको छ भने विवाइडी एट्टो ३ ले ४२० किलोमिटर दिने दाबी छ । यसैगरी जेडएस इभीको मूल्य ५२ लाख र ६० लाख निर्धारण गरिएको छ भने एट्टो ३ ५५ लाख हाराहारीमा नेपाल आउन सक्ने आँकलन गरिएको छ ।
मूल्य, रेन्ज, पवार तथा पर्फमेन्स र फिचर्समा समेत लगभग समान जस्तै देखिएका कारण एमजी जेडएसको दरिलो विकल्प एट्टो ३ बन्ने देखिएको छ । जसका कारण आपूर्ती सहज गर्न सकेको खण्डमा विवाइडीको यो गाडीले एजमी जेडएस इभीको ग्राहक सजिलै तान्न सक्ने आधारहरु देखाएको छ ।
विवाइडीले यसअघि आयत गर्दै आएको नयाँ इ६ को आपूर्तीमा कुनै समस्या नरहेको कम्पनीको भनाईलाई आधार मान्ने हो र सोही अनुसार आपूर्ती सहज गर्न सकेको खण्डमा यो मोडलले जेडएस इभीको वुकिङ लिएर वसेका अधिकांश ग्राहकलाई सहजै तान्न सक्ने देखिन्छ । जसका लागी आयतकर्ता कम्पनीले वुकिङ लिएको छिटोभन्दा छिटो गाडी डेलीभरी गर्नसक्ने वातावरण भने अवश्य निर्माण गर्नुपर्ने हुन्छ ।
एमजी मोटर्स इन्डियाले भारतीय ईभी लाईनअप अपडेट गरेको छ। कम्पनीले आफ्नो...
चिनियाँ अटो निर्माता एसएआईसीले जेएसडब्लु मोटर इण्डियामा आफ्नो...
एमजीले हालै लन्च गरेको नयाँ कार एमजी४ ले १५ दिनमै २६ हजार युनिट अर्डर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...