पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन
पोखरा – नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक...
बजाज अटोले गत वर्ष अक्टोबरमा नयाँ पल्सर २५० रेन्जका बाइकहरू लन्च गर्ने घोषणा गरेको थियो । कम्पनीले पल्सर २५० लन्च गरेको केही महिनामै १० हजार युनिट बिक्री गरेको घोषणा गरेको छ ।
यो बाइक भारतमा सबैभन्दा छिटो बिक्री हुने २५० सीसी बाइक बनेको छ । यसले सुजुकी जिक्सर २५० ट्विन, केटीएम २५० ड्युक र यामाहा एफजेड२५ जस्ता सेगमेन्टमा अन्य २५० सीसी बाइकसँग प्रतिस्पर्धा गर्छ ।
कम्पनीले २५० सीसी सेगमेन्टका पल्सर एन२५० र पल्सर एफ२५० गरी २ भर्सनमा लन्च गरेको थियो । यसको प्रारम्भिक मूल्य क्रमशः १ लाख ३८ हजार र १ लाख ४० हजार भारु राखिएको थियो, तर हाल यसको मूल्य परिवर्तन गरी क्रमशः १ लाख ४४ हजार र १ लाख ४५ हजार भारु एक्स शोरुम मूल्य कायम गरिएको छ । सो बाइक रेसिङ रेड र टेक्नो ग्रे गरी २ रङमा पेश गरिएको थियो । हाल कम्पनीले बाइकमा आफ्नो कलर प्यालेट बढाउन नयाँ ग्लसी ब्लु पेन्ट स्किम पनि थपेको छ ।
सो दुबै पल्सर २५० बाइकमा २४९.०७ सीसीको आयल कुल्ड इन्जिन रहेको छ जसले २४.५ पीएस अधिकतम पावर र २१.५ एनएम पिक टर्क उत्पादन गर्न सक्षम छ । यसमा ५ स्पिड ट्रान्समिसन गियरबक्स समावेश छ । सो बाइकमा एलईडी लाइटिङ, असिस्ट र स्लिपर क्लच, गियर इन्डिकेटर, युएसबी मोबाइल चार्जिङ पोर्ट फिचर समावेश छ ।
पोखरा – नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक...
बजाज अटोले डोमिनार ४०० को फेसलिफ्ट भर्सन ल्याउने भएको छ । पल्सर एनएस ४००...
बजाज अटो बजाज पल्सर २५० बाइक लन्च गर्ने तयारी अवस्थामा रहेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...