ड्याटसन रेडी गो इलेक्ट्रिक भर्सनमा आउने संकेत

निसानले भारतीय बजारमा ड्याट्सन कार बन्द गर्ने घोषणा गरे लगतै ड्याटसन कार इलेक्ट्रिक भर्सनमा पुनः लन्च गर्ने खबर सार्वजनिक भएको छ । सो खबर अटोमोटिभ न्युजको एक रिपोर्टले सार्वजनिक गरेको हो । यसअघि कम्पनीले ड्याट्सन रेडी गो बन्द गर्ने घोषणा गरेको थियो ।

रिपोर्टका अनुसार कम्पनीको तमिलनाडुमा रहेको प्लान्टमा ड्याट्सन रेडी गोको एसेम्बल भइरहेको छ । कम्पनीले चाँडै नै ड्याट्सन रेडी गो इलेक्ट्रिक भर्सनमा भारतमा पुनः लन्च गर्ने सम्भावना रहेको छ ।

भारतीय बजारमा सस्तो कार लन्च गरे पनि कार कम्पनीले सोचे जस्तो प्रतिक्रिया पाउन नसके पछि ड्याट्सन बन्द गर्ने निर्णय लिन बाध्य भएको थियो । रिपोर्टका अनुसार निसानले अझै पनि ड्याट्सनको इलेक्ट्रिक भर्सनमा लन्च गर्ने अवसर भएको संकेत दिएको छ ।

निसानले एक विज्ञप्तिमा ड्याट्सनले विश्वभरका हजारौं ग्राहकहरूलाई आकर्षक ड्राइभिङ अनुभव र मूल्य प्रदान गरिरहने बताएको छ । यस कथनले ड्याटसन पुनः फिर्ता आउने संकेत गरेको छ । निसानको विश्वव्यापी रूपान्तरण रणनीतिको एक भागको रूपमा निसान मोडल र सेगमेन्टमा ध्यान केन्द्रित गरिरहेको छ, जसले ग्राहक, डिलर र व्यवसायीलाई सबैभन्दा बढी फाइदा पु¥याउने जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

प्राइम बैंकले घरजग्गा र धितोमा रहेका ५ सवारी साधन बेच्दै

प्राइम बैंकले घरजग्गा र धितोमा रहेका ५ सवारी साधन बेच्दै

प्राइम बैंकको चितवनस्थित भरतपुर शाखाले धितोमा राखिएको घरजग्गा र सवारी...

हुन्डाई भेन्यू र किया सोनेटलाई टक्कर दिन सिट्रोन सी३ सार्बजनिक, छिट्टै औपचारिक लन्च हुने

हुन्डाई भेन्यू र किया सोनेटलाई टक्कर दिन सिट्रोन सी३ सार्बजनिक, छिट्टै औपचारिक लन्च हुने

फ्रेन्च अटो निर्माता सिट्रोनले आज ग्लोबल प्रिमियर मार्फत नयाँ कम्प्याक्ट...

ड्याटसनको फेस्टिभल झलक : गाडी किन्दा२ लाख ४ हजार भन्दा धेरै फाइदा

ड्याटसनको फेस्टिभल झलक : गाडी किन्दा२ लाख ४ हजार भन्दा धेरै फाइदा

काठमाडौं – नेपालका लागि ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...