युरो एनक्यापमा ५ स्टार रेटिङसँगै किया ईभी६ सबैभन्दा सुरक्षित इलेक्ट्रिक कारको सूचीमा समावेश
कियाको पहिलो इलेक्ट्रिक कार ईभी६ सबैभन्दा सुरक्षित कारको सूचीमा परेको छ ।...
एसयुभी सेग्मेन्टका गाडीमा उच्च दरको बिक्री हाँसिल गर्न सफल कियाले पछिल्लो समय नेपाली बजारमा सेल्स र सर्भिस नेटवर्क बिस्तार गर्दै लगेको छ । भारतीय उत्पादन सेल्टोस नेपाल आउनु अघिसम्म काठमाडौंमा मात्र केन्द्रित सेल्स र आफ्टर सेल्स नेटवर्क अहिले देशका विभिन्न १० स्थानमा विस्तार भैसकेको छ । सेल्टोस नेपाल भित्रिएको ३ वर्ष ६ महिना पुरा भएको यो अवधीमा कम्पनीले देशका विभिन्न स्थानमा आफ्नो नेटवर्क विस्तार गर्दै लगेको हो ।
कियासंग हाल भारतीय उत्पादन सेल्टोस र सोनेट सहित कोरियबाट आयत हुँदै आइरहेका स्पोर्टेज, सोरेन्टो, सोरेन्टो हाइव्रिड, कार्निभल तथा इलेक्ट्रिक कार निरो उपलब्ध छन् भने अर्को इलेक्ट्रिक कार इभी६ नेपाल आउने तयारीमा रहेको छ । यी मध्ये सवैभन्दा बढी बिक्री हुने सेल्टोस र सोनेटको सफलतासंगै आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ सर्भिस र स्पेयर पार्टस् सहितको डिलर नेटवर्क बिस्तारमा आक्रमक बन्दै गएको छ ।
यो कम्पनीको हाल काठमाडौं उपत्यकामा २ वटा सहित अन्य जिल्लाहरुमा ८ वटा गरी कुल १० वटा सर्भिस सेन्टर संचालन हुँदै आइरहेको छ । काठमाडौंमा महाराजगन्ज र जावलाखेलमा कम्पनीको आफ्नै सर्भिस सेन्टर रहेको छ भने बाहिर भरतपुर, पोखरा, वुटवल, दाङ, नेपालगन्ज, धनगढी, विराटनगर र विर्तामोडमा डिलरहरुले सर्भिस सेन्टर संचालन गरिरहेका छन् । काठमाडौं वाहिरका डिलरहरुले सेल्ससंगै सर्भिस र स्पेयर पार्टस् सहितको डिलरसिप चलाउँदै आइरहेका हुन् ।
हरेक वर्ष बजार हिस्सा बढाउँदै लगेको यो कम्पनीले आगामी दिनमा देशका अन्य स्थानमा समेत थ्री एस भनिने सेल्स, सर्भिस र स्पेयस पार्टसको आउटलेट बिस्तार गर्ने योजना बनाएको छ । अवको २ बर्षभित्र यस्तो नेटवर्क डेढ दर्जन बढी पुग्ने कम्पनी स्रोतले नेपाल अटोलाई बताएको छ ।
कियाको पहिलो इलेक्ट्रिक कार ईभी६ सबैभन्दा सुरक्षित कारको सूचीमा परेको छ ।...
विश्व अटो उद्योगको प्रतिष्ठित मञ्च न्यूयोर्क इन्टरनेसनल अटो शोमा किया...
कियाले आफ्नो बहुप्रतिक्षित एसयुभी साइरोसलाई भारतमा सार्बजनिक गरेको छ । सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...