अब टीभीएस एनटर्क १२५ रेस एक्सपीको ब्लेज ब्लु नेपालमा, गरियो सार्वजनिक
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...
टीभीएसले एनटर्क स्कुटरको नयाँ संस्करण एक्सटी भारतीय बजारमा लन्च गरेको छ । यसलाई स्मार्ट कनेक्टको कनेक्टिभिटी प्लेटफर्म दिइएको छ, जसमा सेग्मेन्ट फर्स्ट–इन–क्लास सुविधाहरू उपलब्ध हुनेछन् । केही दिन पहिले टिजर देखाइएकोमा यो हाल सार्वजनिक गरिएको हो ।
दिल्ली एक्स–शोरूममा सो स्कुटरको प्रारम्भिक मूल्य १ लाख २ हजार ८२३ भारु तोकिएको छ । यो नयाँ भेरिएन्ट डिस्क ब्रेक भेरियन्टको साथ नियोन ग्रिन कलरमा उपलब्ध हुनेछ । यो टीभीएस एनटर्कको हाल सम्म उपलब्ध मोडल मध्ये सबैभन्दा माथिल्लो मोडल हो ।
यो स्कुटर खास फिचरको रुपमा यसमा सेगमेन्ट फर्स्ट हाइब्रिड एक्स कनेक्टका साथ रंगीन टीएफटी र एलसीडी कन्सोल प्राप्त हुनेछ । यसमा ग्राहकले ६० भन्दा बढी हाइटेक फिचर्स पाउनेछन् । यसमा भ्वाइस असिस्ट फिचर छ, जसले गर्दा ग्राहकले सिधै भ्वाइस कमाण्ड दिन सकिन्छ । नयाँ भेरिएन्टमा ग्राहकहरूले टीभीएस इन्टेलिगो प्रविधि पाउनेछन् । यसमा मौन स्टार्ट–स्टप सिस्टम समेत छ । यसमा हल्का र स्पोर्टी अलोय ह्विल दिइएको छ ।
यसमा रहेको प्रणालीले सामाजिक सञ्जाल सूचनाहरू, खाना वितरण ट्र्याकिङ जानकारी, मौसम पूर्वानुमान र एक्यूआई डेटा, क्रिकेट र फुटबल स्कोरहरू देखाउन सक्छ । यो कम्पनीको इन्टेलिगो स्टप–स्टार्ट प्रणाली फिचर गर्ने एनटर्कको पहिलो संस्करण पनि हो ।
यसमा पावरका लागि १२४.८ सीसी, सिंगल सिलिन्डर, ४ स्ट्रोक, ३ भल्भ, एयरकुल्ड, रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटी–एफाई) इन्जिन दिइएको छ । यसको इन्जिनले ७००० आरपीएममा ६.९ किलोवाटको अधिकतम पावर र ५५०० आरपीएममा १०.५ एनएमको पिक टर्क जेनेरेट गर्छ ।
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस...
कमेडी च्याम्पियन सिजन टुका विजेता भरतमणि पौडेलले ड्याटसन रेडी गो कार...
टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले मासिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...