श्री अम्बा ग्रुप अब टायर व्यवसायमा पनि, कलंकी ढुंगेअड्डामा खोल्यो ‘मल्टि ब्रान्ड’ शोरुम
काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित समुह श्री अम्बा ग्रुपले कलंकी...
‘ड्राइभर दाइलाई मन पर्ने टायर,
गोरखकाली रबर उद्योग भएर’
कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र टायर उत्पादन गर्ने उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा ओगटेको थियो । त्यतिमात्र नभएर यसको उपस्थिति विदेशी बजारसम्म नै पुगेको थियो ।
अहिले भने समय बदलिएको छ । उद्योगका रूपमा राम्रो परिचय बनाएको मात्र नभई आत्मनिर्भर हुँदै निर्यातमा समेत गतिलो प्रभाव पारेको गोरखकाली रबर उद्योग यतिखेर मृतप्रायः छ । फलस्वरूप मुलुकमा टायर र रबरजन्य वस्तुको आयातमा अर्बौँ रकम विदेशिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार मुलुकमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ९ अर्ब नौ करोड रुपैयाँ भन्दा बढीको टायर तथा ट्युब भित्रिएको देखिन्छ । वर्षमा करिब १ लाख २० हजार थान उत्पादन क्षमता भएको स्वदेशी रबर उद्योगले सो समयमा बर्सेनि ८८ हजार थान टायर तथा ट्युब उत्पादन गथ्र्यो र यहाँको बजारसहित तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको थियो । विभागको पछिल्लो विवरणानुसार भने चालु आवको गत चैत मसान्तसम्म करिब ६४ लाख २० हजार टायर तथा ट्युब मुलुकमा आयात भएको देखिन्छ ।
विसं २०४१ मा शिलान्यास भएर २०५१ देखि उत्पादन सुरु गरेको गोरखकाली रबर उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो । उद्योग स्थापना गर्दा ३८ प्रतिशत सेयर नेपाल सरकारको, २१ प्रतिशत सेयर स्थानीयवासीको र बाँकी अन्य बैंक तथा वित्तीय संस्थालगायतको स्वामित्व रहेको उद्योग हाल बेसहाराजस्तै छ । मुलुकको एकमात्र रबर उद्योग बन्द अवस्थामा छ भने भारतलगायत मुलुकबाट टायरका साथै अन्य रबरजन्य वस्तु आयात गरेर आवश्यकता पूरा गर्न नेपाली बाध्य छन् ।
गोरखाको प्रसिद्ध गोरखकाली मन्दिरका नामबाट नामकरण गरिएको सो उद्योग गोरखा नगरपालिका मजुवा देउरालीमा छ । करिब ६६२ रोपनीमा फैलिएको उद्योग स्थापनाको १४ वर्षसम्म राम्रै अवस्थामा सञ्चालनमा रहे पनि त्यसको केही समयपछि बन्द हुँदै, खुल्दै गर्न थाल्यो र पछिल्लो समय पूर्णरूपमा बन्द छ ।
उद्योगले सो समयमा ट्रक, जीप तथा भ्यान, कारलगायतमा प्रयोग हुने विभिन्न प्रकारका टायर उत्पादन गर्ने गरेको थियो । स्वदेशी उद्योगले उत्पादनमा देखाएको क्षमता र गरेको उत्पादनले मुलुक रबरमा आत्मनिर्भरको बाटोमा मात्र रहेन भारत, श्रीलङ्का तथा बङ्गलादेशमा समेत गोरखकाली छापअङ्कित टायर तथा ट्युब निर्यात हुने गरेको थियो तर उद्योग स्थापनाको ३० वर्ष नपुग्दै निर्यात त के उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा आइपुग्यो ।
विभागको तथ्याङ्कानुसार नौ महिनामा सबैभन्दा बढी टायर र ट्युब भारतबाट आयात भएको देखिन्छ । विवरणानुसार चालु आवको चैत मसान्तसम्म भारतबाट मात्र ४४ लाख ४१ हजारभन्दा धेरै थान तथा १७ लाख ४८ हजार रबरजन्य वस्तु आयात भएको देखिन्छ । यसको आयात मूल्य ८ अर्ब २३ करोड ८९ लाख रुपैयाँ भन्दा धेरै छ । आयातबाट सरकारले २ अर्ब ८० करोड ६३ लाख रुपैयाँ भन्दा बढी राजस्व उठाएको देखिन्छ ।
त्यस्तै चीनबाट ३३ करोड ९५ लाख रुपैयाँभन्दा धेरैको रबरजन्य वस्तु आयात भएको छ । थाइल्याण्डबाट ३७ हजार ८६३ थान टायर तथा ट्युब रु २० करोड ५८ लाख २६ हजार आयात मूल्यमा भित्रिएको विवरण छ । विभागले सार्वजनिक गरेको विवरणानुसार नेपालमा भारत, चीन, थाइल्याण्ड, ताइवान, इण्डोनेशिया, जापान, अमेरिकालगायत मुलुकबाट रबरका टायर, ट्युब तथा रबरका अन्य वस्तु आयात हुने गरेको देखिन्छ ।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा वैदेशिक पूँजी तथा प्रविधिको लगानी बढाउँदै पूर्वाधार विकासमा प्रोत्साहन गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ । यी अध्ययनहरूका अनुसार चुलिँदो आयात र घट्दो विदेशी मूद्रा सञ्चितिले अर्थतन्त्रमा पार्ने असर कम गर्न मुलुकका उद्योगको सुदृढीकरण तथा प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्नेछ ।
त्यसैगरी रुग्ण उद्योगअन्तर्गत परेका उद्योगलाई आवश्यक सहयोग, सुविधासहित पुनरुत्थान गरी सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने तथ्य रुग्ण उद्योगको व्यवस्थापनका लागि सुझाव दिन विसं २०७७ साउनमा गठित समितिसमेत छ । यिनै तथ्य र राज्यको आवश्यकताका आधारमा गोरखकाली रबर उद्योगलाई पनि पुनरुत्थान गरी बर्सेनि बाहिरिने अर्बौँ रुपैयाँ स्वदेशमै रोक्नुपर्ने सबैको सुझाव छ । रासस
काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित समुह श्री अम्बा ग्रुपले कलंकी...
नारायणी अटो बिजनेस प्रालिले ललितपुरको बालकुमारीमा सिएट टायरको नयाँ शोरुम...
काठमाडौँ – रुग्ण गोरखकाली रबर उद्योग लिमिटेडलाई पुरानै स्थितिमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...