शुक्रबार देखि होम डेलिभरी नहुने, खाद्यान्नका लागि यी नम्बरमा फोन गर्न सकिने
काठमाडौँ — काठमाडौं उपत्यकामा भोलि जेठ १४ अर्थात शुक्रबारदेखि लागू हुने...
दर्ताको प्रमाणपत्रमा उल्लेख भए बमोजिमको वास्तविक नम्बर वा प्लेट नराखी अर्कै नम्बर वा प्लेट राखी सवारी चलाउने वा चलाउन लगाउनेलाई अधिकार प्राप्त अधिकारीले छ महीनासम्म कैद वा पाँच हजारदेखि पन्ध्र हजार रूपैयाँसम्म जरिवाना गरी त्यस्तो सवारी जफत गर्नु पर्ने व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको छ ।
यातायात व्यवस्था ऐन, २०४९ मा यस्ता विभिन्न सजायको वारेमा व्यवस्था गरिएको छ । कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन । त्यसैगरी भन्सार महसुल छूट हुने गरी सुविधा प्रदान गरिएको सवारीलाई जुन प्रयोजनको निम्ति भन्सार महसुल छूट दिइएको हो त्यस्तो प्रयोजनको निम्ति बाहेक अन्य प्रयोजनको निम्ति त्यस्तो सुविधा प्राप्त सवारी प्रयोग गर्न पाइने छैन । कुनै पनि व्यक्तिले चालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सवारी चलाउन हुँदैन । निर्धारित मानिसको संङ्ख्या र मालसामानको वजनभन्दा बढी हुने गरी कुनै पनि सवारीमा मानिस वा मालसामान राख्न हुँदैन । यी सबै कार्य गरेमा त्यस्ता काम कारवाही गर्ने गराउनेलाई पाँचसय देखि दुई हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
कुनै पनि सवारी खरीद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनीले वा सवारी बिक्री वितरण गर्ने एजेण्टले सवारी खरीद गरेको वा पैठारी गरी नेपालभित्र भन्सार तिरी ल्याएको मितिले पन्ध्रदिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराउनु पर्छ । दर्ता नगरी कुनै पनि सवारी चलाउन वा चलाउन दिन हुँदैन । विदेशमा दर्ता भएको सवारी प्रचलित कानून बमोजिम अनुमति नलिई नेपालभित्र चलाउन हुँदैन ।
सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ्ग, सीट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न हुँदैन । निर्धारित बाटोमा बाटो इजाजतपत्र प्राप्त नगरी कुनै पनि सार्वजनिक सवारीले यातायात सेवा सञ्चालन गर्न पाउने छैन ।
यातायात सेवाको नाम विभागमा पञ्जीकृत नगरी सवारी धनी वा व्यवस्थापकले कुनै पनि सार्वजनिक सवारी यातायात सेवा सञ्चालन गर्ने कार्यमा प्रयोग गर्नु हुँदैन । तोकिएको भाडा दर भन्दा बढी हुने गरी भाडा लिनु हुँदैन । कुनै पनि सार्वजनिक स्थानमा कुनै पनि मानिस वा सवारीको आवागमनमा बाधा पुग्ने गरी मालसामान वा सवारी राख्न हुँदैन । कुनै सवारी दुर्घटनामा परी हताहत वा घाइते भएका यात्री तथा सवारीमा काम गर्ने कुनै व्यक्तिलाई पिट्न वा तिनीहरूको मालसामानको हिनामिना गर्न, खोस्न वा तिनीहरूलाई कुनै पनि किसिमले हानि नोक्सानी पु-याउनु हुँदैन ।
माथिका सबै कार्य गरेमा त्यस्ता विपरीत काम कारवाही गर्ने गराउनेलाई एकहजार देखि पाँचहजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
कुनै पनि किसिमको सवारी चलाउने प्रशिक्षण कार्य सञ्चालन गर्न वा चालक प्रशिक्षण केन्द्र वा बस, ट्रकको बडी निर्माण गर्ने कारखाना वा अटोमोबाइल वर्कसप सञ्चालन गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले विभागको अनुमति लिनु पर्छ । कसैले अनुमति विपरित सो कार्य गरेमा विपरीत काम कारवाही गर्ने गराउनेलाई दुईहजारदेखि दशहजार रूपैयाँसम्म यातायात व्यवस्था विभागले जरिवाना गर्ने व्यवस्था छ ।
माथि उल्लेख भए देखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको आदेशको विपरीत काम कारवाही गर्ने गराउनेलाई अधिकार प्राप्त अधिकारीले दुईसयदेखि एकहजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
चालकले आफ्नो सवारी निर्दिष्ट मार्गमा चलाई रहेको समयमा सो सवारीलाई अन्य मार्गबाट लैजान कुनै पनि व्यक्तिले डर, त्रास देखाउन वा कुनै किसिमको शक्तिको प्रयोग गर्न वा गराउन हुँदैन । त्यसैगरी कसैले सवारीमा रहेका कुनै पनि व्यक्तिलाई बन्धक बनाई त्यस्तो सवारी वा बन्धक बनाइएको व्यक्तिको मुक्तिको लागि कुनै पनि किसिमको माग राख्नु हुँदैन । यस विपरीत हुने गरी काम कारवाही गर्ने गराउने व्यक्तिलाई पच्चीसहजार रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय गरी अदालतले त्यस्तो व्यक्तिबाट हानि नोक्सानी पुग्ने व्यक्तिलाई उपयुक्त क्षतीपूर्तिको रकम दिलाउन सक्नेछ ।
कसैले सवारीमा रहेका चालक, परिचालक, सुरक्षाकर्मी, सवारीका अन्य कर्मचारी वा यात्रीलाई पिट्ने, सवारी रोक्ने, सवारी तोडफोड गर्ने वा अन्य कुनै किसिमले त्यस्तो सवारी वा सवारीमा रहेका मानिस वा मालसामानलाई कुनै हानि नोक्सानी पु¥याउने काम गर्न, गराउन हुँदैन । यस विपरीत हुने गरी काम कारवाही गर्ने गराउने व्यक्तिलाई एकहजार रूपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय गरी अदालतले त्यस्तो व्यक्तिबाट हानि नोक्सानी पुग्ने व्यक्तिलाई उपयुक्त क्षतीपूर्तिको रकम दिलाउन सक्नेछ ।
काठमाडौँ — काठमाडौं उपत्यकामा भोलि जेठ १४ अर्थात शुक्रबारदेखि लागू हुने...
लामो समय भाषागत विवाद भएको इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न...
ग्वार्को प्रयोगकर्तालाई ओभरपास संचालन पछि जाममा बस्नु परेको छैन। खुशी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...