सार्वजनिक यातायात व्यवसायी सन्तुष्ट हुन नसकेको बजेट
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ ।...
सरकारले लागू गरेकोे आयातमा प्रतिवन्धको सूचीमा २५० सीसी माथिका मोटरसाइकल समेत सामेल भएपछि सो सेग्मेन्टका बाइकको आयात रोकिने भएको छ । यो सेगमेन्टका मोटरसाइकल मात्र आयात गरी कारोबार गर्दै आइरहेका रोयल इन्फिल्ड, जावा र बीएमडब्लुसहित केटीएम, बेनेली, होन्डा, सिएफ मोटो, टीभीएस, बजाज, यामाहा लगायत अन्य केही ब्रान्डका मोटरसाइकल आयात समेत प्रभावित बन्ने देखिएको छ ।
३५० सीसी माथिको मोटरसाइकल मात्र उत्पादन गर्दै आइरहेको रोयल इन्फिल्डसँग हाल नेपाली बजारमा बुलेट इलेक्ट्रा, क्लासिक र मेटियोर गरी कुल ३ वटा मोडल ३५० सीसी क्षमतामा उपलब्ध छन् भने हिमालयन ४११ र इन्टरसेप्टर ६५० सीसी क्षमतामा उपलब्ध रहँदै आएका छन् ।
यसैगरी जावाको क्लासिक र फोर्टी टु २९३ सीसी क्षमताका मोटरसाइकल हुन भने पेराकमा ३३४ सीसी क्षमताको इन्जिन जडान गरिएको छ ।
बीएमडब्लुले बिक्री गर्दै आइरहेको जी ३१० आर र जी ३१० जीएसमा ३१३ सीसी क्षमताको इन्जिन जडान गरिएको छ ।
बिग विङमार्फत उच्च सीसी क्षमताका मोटरसाइकलको बिक्री गर्दै आइरहेको होन्डाको सीआरएफ ३०० एल, ३०० एल र्याली, हाइनेस सीबी ३५०, सीबी ३५० आरएस र सीबीआर ६०० आरआरको आयात रोकिने भएको छ ।
बजाजको डोमिनार ४००, यामाहाको आर३ र टीभीएस अपाचे आरआर ३१० को समेत आयात रोकिने भएको छ । यो नयाँ नियमले केटीएमको ड्युक ३९०, आरसी ३९०, एड्भेन्चर ३९० र ड्युक ७९० को आयात रोकिने छ ।
यसैगरी बेनेलीको टीएनटी ३०२ एस, टीएनटी ६०० आई र टीएनटी ७५२ एसको आयात रोकिने छ भने सीएफ मोटोको ४०० एनके, ६५० एनके, ६५० एमटी, ४०० जीटी र रेसर ५५० इएक्सको समेत आयात रोकिने देखिएको छ ।
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ ।...
काठमाडौं–नेपाल र भारतका अधिकारीहरू दुई देशबीच विद्यमान पारवहन सन्धिको...
काठमाडौं–काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सरप्राइज...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...