रसियामा व्यवसाय गरिरहेको रेनोले १ रुबलमा आफ्नो सेयर बिक्री गर्ने

फ्रान्सेली अटोमेकर कम्पनी रेनोले रुसको सबैभन्दा ठूलो कार निर्माता कम्पनीमा भएको आफ्नो सेयर एक रुबलमा बेच्ने तयारी गरेको रुसी राज्य मिडिया आउटलेट रिया नोवोस्तीले रिपोर्ट गरेको छ ।

रुसका उद्योग मन्त्री डेनिस मान्टुरोभले रेनोले रुसमा ‘लाडा’ ब्रान्डका सवारी साधनहरूको निर्माता – अटोभाजमा भएको आफ्नो ६८ प्रतिशत सेयर रूसी राज्य समर्थित अटोमोटिभ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर ‘नामी’ लाई बेच्ने बताएको एजेन्सीले रिपोर्ट गरेको छ ।

मान्तुरोभका अनुसार रेनोसँग पाँच वा छ वर्षमा आफ्नो शेयर फिर्ता किन्न सक्ने विकल्प समेत हुनेछ र रूसले यस अवधिमा लगानी गरे सेयरको मूल्य परिवर्तन हुन समेत सक्ने छ ।

रुस र युक्रेनबीचको युद्धको कारण धेरै कम्पनीहरुले यी देश छोड्ने तयारी गरिरहेका छन् । यो अवस्थामा यस्ता कम्पनीको कार्यलाई जारी राख्न चुनौती देखिएको छ । यो अवस्थामा यस्ता कम्पनीका लागि केही कानुन बनाउने वारे विचार गरिरहेको रसियाले बताएको छ ।

द वाल स्ट्रिट जर्नलका अनुसार रेनोले आफ्नो रसियाको अपरेसन जारी राख्ने प्रयास गरे पनि कर्मचारीलाई दिनुपर्ने तलब नभएको र अन्य विभिन्न कारणले यसमा कठिनाई उत्पन्न भएको छ ।

फ्रान्सेली अटोमेकर रेनोको रसियामा ठूलो उपस्थिति छ, जसले त्यहाँ लगभाग ४० हजार मानिसहरूलाई रोजगारी दिएको छ, र रूसी कार बजारको ३० प्रतिशत बजार हिस्सा छ ।

यो सबै निर्णयको वारेमा रेनोले भने अझै केही बताएको छैन ।

सम्बन्धित समाचारहरू

रेनोले डस्टर एसयूभीको नेक्स्ट जेनेरेसन मोडल ल्याउदै

रेनोले डस्टर एसयूभीको नेक्स्ट जेनेरेसन मोडल ल्याउदै

रेनोले लोकप्रिय एसयूभी डस्टरको नेक्स्ट जेनरेसन मोडल र नयाँ ७ सिटर एसयूभी...

रेनो काइगर नयाँ स्पोर्टी लुकमा लन्च, पहिले भन्दा धेरै उत्कृष्ट फिचर

रेनो काइगर नयाँ स्पोर्टी लुकमा लन्च, पहिले भन्दा धेरै उत्कृष्ट फिचर

रेनो काइगर सब–कम्प्याक्ट एसयूभी विभिन्न थप टेक्नोलोजी सहित भारतीय बजारमा...

रेनोको देशव्यापी निःशुल्क सर्भिस क्याम्प, यस्ता छन् छुट र सुविधा

रेनोको देशव्यापी निःशुल्क सर्भिस क्याम्प, यस्ता छन् छुट र सुविधा

रेनो गाडीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइलले देशव्यापी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...