बेलायतमा दिपल ब्रान्ड सार्वजनिक गर्दै चांगान
चांगान अटोमोबाइलले बेलायतमा आफ्नो न्यु इनर्जी भेइकल ब्रान्ड दिपल...
इलेक्ट्रिक बाहेक अन्य सबै प्रकारका गाडीको आयात असार मसान्तसम्मका लागि बन्द गर्ने सरकारी निर्णयले फेस्टिभल सिजन प्रभावित हुने देखिएको छ । व्यवसायीसँग हाल स्टकमा रहेका र यसअघि एलसी खोलिएका कारले बढीमा साउन महिनासम्म धान्ने हुँदा भदौदेखि बजारमा यस्ता गाडीको अभाव हुने देखिएको हो । नाडा अटो शोसँगै भदौ महिनादेखि फेस्टिभल सिजन शुरु हुने नेपाली बजारमा यसपाली उक्त सिजनमा ग्राहकले आफूले चाहेको गाडी खरिद गर्न नसक्ने अवस्था निम्तिने लगभग पक्कापक्की जस्तै देखिएको छ ।
वर्षभरी कारोबार हुने कुल गाडीको ३० प्रतिशत हाराहारी उक्त सिजनमा बिक्री हुँदै आएको यसअघिका तथ्यांकहरुले देखाएका छन् । यो सिजनमा ५ हजार हाराहारी कार बिक्री हुँदै आएकोमा यसपाली आयात प्रभावित हुँदा सो संख्यामा गाडी भित्रिन नसक्ने व्यावसायीले बताएका छन् । ‘हामीसँग स्टकमा रहेको र पुरानो एलसीको गाडी आउँदा साउन महिनासम्म खासै समस्या नहुने देखिएपनि फेस्टिभल सिजनमा गाडी नहुने हामीले आँकलन गरेका छौ’ एक व्यवसायीले नेपाल अटोसँग भने ।
असार मसान्तसम्मको समय सीमा तोकिएका कारण सो समयपछि गाडी आयात सहज हुँदा पनि नयाँ लट आउन अर्को ३ महिनासम्म लाग्ने अनुमान गरेर व्यवसायीले यस्तो आँकलन गरेका हुन् । एलसी खोलेर नयाँ गाडीको अर्डर गरेपछि मात्र उत्पादक कम्पनीले उत्पादन गर्ने र यसरी तयार भएको गाडी नेपाल आउन औसत ३ महिना सम्मको समय लाग्ने ती व्यवसायीको भनाइ छ ।
कस्तो छ इलेक्ट्रिक कारको अवस्था ?
इलेक्ट्रिक कारको आयातमा कुनै रोकावट नगर्ने सरकारी निर्णयले यस्ता गाडीको आयातमा भने कुनै समस्या नहुने भएको छ । बजारमा अहिले इलेक्ट्रिक कारको माग उच्च रहँदै आएपनि आपूर्तिमा देखिएको विश्वव्यापी समस्याका कारण अधिकांश ब्रान्डले अझैपनि अभावको अवस्था झेल्नु परिरहेको छ । बजारमा अहिले टाटा, एमजी, किया र हुन्डाई ब्रान्डका इलेक्ट्रिक कारको माग उच्च रहेको छ । जसमध्ये कुनै पनि ब्रान्डले ग्राहकको मागलाई पुरा गर्न सकिरहेका छैनन् ।
एमजी मोटर्सले केही समय पहिले भित्र्याएको जेडएस ईभीको फेसलिफ्ट मोडल बुकिङ लिने ५ सय बढी ग्राहकले कहिले देखी डेलिभरी पाउने हुन् भन्ने बारे आयातकर्ता कम्पनी नै अनिर्णित रहँदै आएको छ । माग बमोजिम आपूर्ति हुन नसक्ने अवस्था देखेपछि केही समय पहिले कम्पनीले वुकिङ लिएर वसेका ग्राहकलाई गाडी दिन नसक्ने आशयसहित रकम फिर्ता लिन आह्वान गरेको थियो ।
एमजीको जस्तै अवस्था अर्को ब्रान्ड टाटामा पनि देखिएको छ । टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ६ महिनाअघि बुकिङ लिएका ग्राहकलाई अझै केही युनिट नेक्सन ईभी डेलिभरी गर्न बाँकी नै रहेको जनाइएको छ । टाटाको अर्को ईभी टिगोर पनि माग अनुसार आपर्ति हुन नसकिरहेका कारण तत्काल यो गाडी किन्न इच्छुक ग्राहकलाई दिन नसक्ने अवस्था रहेको सिप्रदी स्रोतको भनाइ छ ।
कोरियन ब्रान्ड हुन्डाई र कियामा पनि आपूर्तिको समस्या सम्वोधन हुन सकिरहेको देखिँदैन । केही समयपहिले आयोनिक ५ भित्र्याएको लक्ष्मी इन्टरकन्टिनेन्टलले तत्कालै पहिलो लट सोल्ड आउट भएको बताएको थियो । यो गाडीमा ग्राहकको आकर्षण वढिरह ेपनि आपूर्तिमा देखिएको समस्याका कारण भने जति संख्यामा गाडी आयात हुन सकिरहेको छैन । हुन्डाइको अर्को ईभी कोनामा पनि आपूर्तिको समस्या यथावत नै रहेको देखिन्छ ।
चाइजिन ब्रान्ड बीवाईडीले भने आफ्नो ब्रान्डमा आपूर्तिको सामस्या नरहेको बताउँदै गाडी खरिद गर्न इच्छुक ग्राहकले लामो समय कुर्नु नपर्ने बताएको छ । प्रतिस्पर्धी ब्रान्डको तुलनामा कम माग भएका कारण यो गाडीमा अभावको अवस्था नदेखिएको हो । यदि माग बढ्दै गएको खण्डमा यो ब्रान्डले पनि अभावको अवस्था झेल्नुपर्ने हुन सक्छ । यद्यपि अन्य कम्पनी जस्तो चिप्स र अन्य पार्ट्सको समस्या नहुने भएकाले त्यस्तो अवस्था नआउने बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बताउदै आएको छ ।
आपूर्तिको अवस्था सहज हुने हो भने नेपालमा यो आर्थिक वर्ष २ हजार हाराहारी इलेक्ट्रिक कार बिक्री हुने विभिन्न अध्ययन र आधारहरुले देखाउँदै आइरहेकोमा कम्वसन इन्जिनयुक्त गाडीको आयात रोकिँदा यो संख्या अझै बढेर जाने देखिन्छ । विश्वव्यापी सेमी कन्डक्टर अभाव र इलेक्ट्रिक मोटर तथा ब्याट्रीको उत्पादन बढ्न नसकेका कारण यस्ता कार उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउन सकिरहेका छैनन् । जसका कारण नेपाली आयातकर्ताले माग गरे अनुसार उनीहरुले गाडी पठाउन सक्ने अवस्था देखिएको छैन । बजारमा इलेक्ट्रिक कार माग अनुसार आपूर्ति हुन नसक्ने निचोड निकालेर नै सरकारले यो गाडीको आयातमा रोक नलगाएको हुन सक्ने अनुमान समेत गर्न सकिन्छ ।
चांगान अटोमोबाइलले बेलायतमा आफ्नो न्यु इनर्जी भेइकल ब्रान्ड दिपल...
काठमाडौं – विभिन्न ब्रान्डका सवारी साधनको बिक्री गर्दै आएको एमएडब्लू...
डोङफेङ मोटरले लक्जरी अफरोड ब्रान्डको रुपमा एमहिरो सार्वजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...