बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज अटोले पल्सर एलान र पल्सर एलेगान्जा २ नयाँ बाइकको नाम दर्ताका लागि आवेदन दिएको छ । यद्यपि, कम्पनीले यी नामहरू नयाँ मोडलका लागि हुन् वा पुरानै मोडेलको नयाँ भर्सनको लागि दर्ता गरिएको हो भन्ने बारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

यसअघि कम्पनीले ‘ट्विनर’ नाम पनि दर्ता गरेको थियो । सो नाम यसको मिड क्यापेसिटी भएको ट्विन–सिलिन्डर बाइकको लागि दर्ता गरिएको थियो, जुन पछि गलत सावित भयो । बजाज अटोले अक्टोबर २०२१ मा नयाँ पल्सर २५० ट्विन्स लन्च गर्ने घोषणा गरेको थियो र पछि दुई बाइक २५०एफ र २५०एन बजारमा ल्यायो ।

यद्यपि, नयाँ नाम दर्ता गर्दा नयाँ मोडल लन्चको ग्यारेन्टी हुँदैन । यदि यो लन्च ग¥यो भने नयाँ पल्सर बाइक या त फ्ल्यागशिप पल्सर २५० ट्विन्स जस्तै राखिनेछ वा यो केटीएम ४९०एस को लागि ट्विन सिलिन्डर प्लेटफर्ममा आधारित र डिस्प्लेसमेन्ट भएको पावरफुल मोडल हुनेछ ।

बजाज अटोलाई अन्तर्राष्ट्रिय बजारमा आफ्ना व्यापार बढाउनका लागि थप उच्च डिस्प्लेसमेन्ट, प्रिमियम मोडलको आवश्यकता छ जसले पल्सर–निर्मातालाई मध्य–डिस्प्लेसमेन्ट सेगमेन्टमा आफ्नो पकड बलियो बनाउन मद्दत गर्न सक्छ ।

कम्पनीले अर्काे नयाँ इलेक्ट्रिक स्कुटर पनि लन्च गर्ने तयारी गरिरहेको छ । जसलाई हालको चेतक ईभीसँगै बिक्री गर्ने सम्भावना छ । नयाँ इलेक्ट्रिक २ पाङ्ग्रे सवारी साधन केही महिना अघि चेतक ईभीसँग परीक्षण गर्दा देखिएको थियो ।

सम्बन्धित समाचारहरू

बजाज मोटरसाइकलको मूल्य वृद्धि, कतिले बढ्यो ? हेर्नुस् सूची

बजाज मोटरसाइकलको मूल्य वृद्धि, कतिले बढ्यो ? हेर्नुस् सूची

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

यस्तो छ बजाजले हालै सार्वजनिक गरेको पल्सर एफ२५० का ५ विशेषता

यस्तो छ बजाजले हालै सार्वजनिक गरेको पल्सर एफ२५० का ५ विशेषता

बजाजले भारतीय बजारमा नयाँ पल्सर २५० सीसी बाइक रेन्ज लन्च गरेको छ । दुई...

पल्सर ‘१०० एनएस कम्युनिटी राइड’ सम्पन्न

पल्सर ‘१०० एनएस कम्युनिटी राइड’ सम्पन्न

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...