५ लाख कम मूल्यमै स्कोडा कुशाक उपलब्ध, ८० प्रतिशत फाइनान्स सुविधा
काठमाडौं – नेपालका लागि स्कोडा कारको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले...
काठमाडौं – नेपालको लागि एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले ‘कम्प्लिट पिस अफ
माइन्ड विथ युरोपियन अश्योरेन्स’ घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले १० लाख रुपैयाँ मात्र डाउन पेमेन्टमा स्कोडा कुशाकको स्वामित्व लिन सक्नेछन् । यसैगरी गाडीको २ वर्षको निःशुल्क आवधिक सर्भिसिङ पाउनेछन् ।
एमएडब्ल्यु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना सबै ग्राहकहरूलाई विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो ।
सो योजना अनुसार ग्राहकहरूले आफ्नो सवारी साधनको वार्षिक सर्भिसिङको क्रममा कुनै शुल्क तिर्नु पर्दैन)। स्कोडा कुशाकलाई ७ वर्षको लागि ७० प्रतिशत ऋणमा फाइनान्स सुविधा उपलब्ध हुनेछ ।
कुनै ऋण प्रशोधन शुल्क बिना स्कोडा कुशाक खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो पुरानो कार स्कोडा कुशाकको लागि ठाउँको ठाउँमै साट्न सक्नेछन्, जसलाई डाउन पेमेन्ट मानिनेछ ।
त्यसैगरी ग्राहकले स्कोडा कुशाकसँग निःशुल्क एसेसरिज पनि पाउनेछन् ।
स्कोडा कुशाक नेपालमा तीन फरक भेरिएन्टमा उपलब्ध छः एक्टिभ, एम्बिसन र स्टाइल । यसमा अवार्ड–विजेता नयाँ टीएसआई प्रविधि सहितको १.० लिटर इन्जिन छ जसले ११५ पीएस र १७८ एनएम टर्क उत्पादन गर्छ ।
स्कोडा गाडीहरू निर्माण गुणस्तर, ड्राइभिङको आनन्द, आराम, सुरक्षा र प्रदर्शनका लागि परिचित छन् । चेक गाडी निर्माताका यी पक्षहरूलाई नेपाली बजारले मन पराएको र यी सबै पक्षहरूले स्कोडा कुशाकलाई देशकै सबैभन्दा प्रिय गाडीहरूमध्ये एक बनाएको कम्पनीको भनाइ छ ।
काठमाडौं – नेपालका लागि स्कोडा कारको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले...
स्कोडा अटो इन्डिया भारतमा नयाँ स्कोडा कुशाक लन्च गर्ने तयारी अवस्थामा...
गत मार्च महिनामा वर्ल्ड प्रिमियर गरिएको स्कोडा कुशाक भारतमा जुन महिनामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...