मोटरहेड ‘पर्व खुशीको पर्व विश्वासको’ लक्की ड्र सार्वजनिक, तुलाधरले पाए १ लाख रुपैयाँ

काठमाडौं – मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले आफ्नो ‘पर्व खुशीको पर्व बिश्वासको’ नामक दशैं, तिहार, छठ अन्तर्गतको अफरको आज लक्की ड्र कार्यक्रम समापन गरेको छ ।

उक्त अफर २०७८ भाद्र २४ गते देखि कात्तिक २४ सम्म लागु गरिएको थियो । यस अफर अन्तर्गत खरिद गर्ने ग्राहकलाई कम्पनीले नगद खरिदमा १२ हजार छुट, फाइनान्स खरिदमा ८ हजार छुट तथा गोला प्रथाद्वारा तीन जना भाग्यशाली विजेतालाई १ लाख, ५० हजार र २५ हजार रुपैयाँ दिने घोषण गरेको थियो ।

यस अनुसार यसको लक्की ड्र को आयोजना आफ्नै धोबिघाट स्थित शोरुममा गरिएको थियो । उक्त लक्की ड्रमार्फत २५ हजारको विजेता सुशान्त पौडेल, ५० हजारको विजेता दया बुद्ध मगर र १ लाखको विजेता सुभेन्दु रत्न तुलाधर बनेका छन् ।

विजेताहरुले क्रमशः टेकु, बालाजु र धोबिघाट शोरुमबाट मोटरहेडको स्क्र्याम्बलर २५०, टेक्कन आर २५० र एमएच १५० मोटरसाइकल खरिद गरेका थिए । विभिन्न सञ्चारकर्मीहरुका माझ आयोजना गरिएको उक्त कार्यक्रममा मोटरहेडकै एमएच २५० मोटरसाइकल चलाउदैं आएका लुभु निवासी मनोज महर्जनको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमकै क्रममा महर्जनले मोटरहेडका मोटरसाइकलहरु वास्तबमै आरामदायी, विश्वसनीय र किफायती भएको जानकारी दिए । बिक्रीपछिको सेवामा कम्पनीले देखाएको चासो र सहकार्यले आफू प्रेरित भएको र अन्यलाई पनि यो चाइनिज मोटरसाइकल भनी नभागी, चाहिने मोटरसाइकल यही हो भनी खरिद गर्न उनले सुझाव दिए ।

कार्यक्रममा एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका डाइरेक्टर, जनरल म्यानेजर तथा अन्य स्टाफहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

देशभरका सोरुममा मोटरहेडको अपग्रेडेड एमएच १५०आर टेस्ट राइड गर्दा गिफ्ट ह्याम्पर पाइने

देशभरका सोरुममा मोटरहेडको अपग्रेडेड एमएच १५०आर टेस्ट राइड गर्दा गिफ्ट ह्याम्पर पाइने

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको मोटरहेडको नयाँ अपग्रेडेड एमएच...

साउन २९ सम्म मोटरहेड एक्सचेन्ज, पुरानो मोटरसाइकलमा प्रचलित मूल्य भन्दा १५ हजार बढी पाइने

साउन २९ सम्म मोटरहेड एक्सचेन्ज, पुरानो मोटरसाइकलमा प्रचलित मूल्य भन्दा १५ हजार बढी पाइने

काठमाडौं – मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले...

मोटरहेडको अफर : नगद छुट, प्रत्येक बाइक बिक्रीवापत १ हजार सामाजिक संस्थालाई दिइने

मोटरहेडको अफर : नगद छुट, प्रत्येक बाइक बिक्रीवापत १ हजार सामाजिक संस्थालाई दिइने

काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...