इलेक्ट्रिक स्कुटर ई०१ को विश्वव्यापी परिक्षण गर्दै यामाहा

यामाहाले यसअघि विभिन्न अन्तराष्ट्रिय इभेन्टमा देखाएको आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई०१ को परिक्षण विश्वका विभिन्न देशहरुमा गर्ने भएको छ । पहिलो चरण अन्तर्गत मलेशिया, थाइल्यान्ड, ताइवान र इन्डोनेशियामा गरिने र त्यसपछि क्रमिक रुपमा जापान र युरोप सहित अन्य राष्ट्रहरुमा समेत गर्दै जाने कम्पनीले जनाएको छ ।

विश्वव्यापी परिक्षण पश्चातमात्र बिक्रीका लागी उपलब्ध गराउने उसले योजना बनाएको छ । यरोपमा गरिने परिक्षणबाट हाइवेको अनुभव लिइने र मलेशियामा तापक्रमलाई आधार मानेर परिक्षण गरिने जनाइएको छ । रोड परिक्षण पश्चात मात्र यो स्कुटरवारे बिस्तृत विवरणहरु सार्वजनिक गर्ने यामाहाले योजना बनाएको छ ।

यो इलेक्ट्रिक स्कुटरको साइज र सिटिङ लेआउट हाल उपलब्ध एनम्याक्स सरह रहेको छ । यसमा ४.९ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्रि प्याक जडान गरिने यसको अधिकतम पावर ८.१ किलोवाट र टर्क ३०.२ एनएम रहने अनुमान लगाइएको छ ।

यो स्कुटरलाई एकपटक फुल चार्ज गरेपछि १ सय किलोमिटर रेन्ज पाउन सकिने अनुमान लगाइएको छ । १ सय किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने यसको व्याट्रीलाई एक घन्टाभित्रै ८० प्रतिशत चार्ज गर्न सकिने दाबी गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...