इलेक्ट्रिक ट्याक्सीमा टाटा टिगोर, महिन्द्रा ई–भेरिटो र बीवाईडी एम३ को सम्भावना

काठमाडौं – वाग्मती प्रदेश सरकारले सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८ जारी गरे पश्चात भविष्यमा काठमाडौं लगायत वाग्मती प्रदेशमा चल्ने ट्याक्सी कस्ता हुनेछन् भन्ने वारेमा चासो बढेको छ ।

विद्युतीय सवारीसाधनको मापदण्डसँगै सरकारले २० वर्ष पुराना ट्याक्सीलाई नयाँमा रुपान्तरण गर्दा अनिवार्य विद्युतीय ट्याक्सी लिनु पर्ने व्यवस्था गरेको छ ।

साधारण ट्याक्सी र विशेष (डिलक्स) ट्याक्सीमा वर्गीकरण गरी दुई किसिममा विद्युतीय ट्याक्सी चलाउने गरी प्रदेश सरकारले मापदण्ड ल्याएको हो । नयाँ मापदण्ड अनुसार साधारण ट्याक्सी ५ सिट क्षमताको हुनु पर्ने छ भने विशेष ट्याक्सी ५ वा ७ सिट क्षमताको हुनसक्ने उल्लेख छ ।

सेडान कार नै हुनु पर्ने उल्लेख गरेको मापदण्डमा २०० लिटर माथिको बुट स्पेश, कम्तीमा ३० किलोवाट क्षमताको मोटर र २० किलोवाट आवरको लिथियम आयोन ब्याट्री हुनु पर्ने उल्लेख छ । साथै यस्ता ट्याक्सीको न्यूनतम रेन्ज २१० किलोमिटर हाराहारी हुनु पर्ने उल्लेख छ ।

यी सबैका आधारमा हाल नेपाली बजारमा उपलब्ध विद्युतीय सवारी साधन मध्ये भविष्यमा ट्याक्सीका लागि प्रयोग गर्न सकिने सवारी साधनको रुपमा महिन्द्राको ई–भेरिटो, टाटाको टिगोर र बीवाइडीको एम३ हुन सक्ने देखिएको छ । बडी डिजाइनका आधारमा सेडान भनिएकाले मापदण्ड अनुसार यी तीनवटा सेडान ट्याक्सीको रुपमा प्रयोग गर्न सकिने छ ।

अधिकांश मापदण्ड पूरा गर्ने कारको रुपमा टाटा टिगोर ईभी देखिएको छ । यसमा भएको ब्याट्रीले सिंगल चार्जमा ३०६ किलोमिटरको रेन्ज दिने भारतको एआरआईले प्रमाणित गरेको छ । यो कारमा २६ किलोवाट आवरको लिक्विड–कुल्ड ब्याट्री प्याक जडान गरिएको छ । यसको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३२ लाख ८५ हजार रुपैयाँ छ ।

ई–भेरिटोमा २१.२ किलोवाट आवरको ब्याट्री छ । यद्यपि यसको एउटा भेरिएन्टले ११० किलोमिटर मात्र रेन्ज दिने बताइएको छ । यसमा ५१० लिटरको बुट स्पेस छ ।

बीवाईडी एम३ मा ४४.९ किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा ३१० किलोमिटरको रेन्ज दिन्छ ।

महिन्द्रा ई–भेरिटोको मूल्य ३९ लाख ८० हजार रुपैयाँ र बीवाईडी एम३ को मूल्य ४२ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...

एमएडब्लु ग्रुपले सार्वजनिक ग-यो द बिग ह्याच विथ फाइभ स्टार लक्जरी प्रिमियम ईभी नामी

एमएडब्लु ग्रुपले सार्वजनिक ग-यो द बिग ह्याच विथ फाइभ स्टार लक्जरी प्रिमियम ईभी नामी

काठमाडौं – प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार...

सोल्टीमोडमा बिवाइडीको नयाँ शोरुम

सोल्टीमोडमा बिवाइडीको नयाँ शोरुम

काठमाडौं– बीवाइडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...