चिनियाँ वैज्ञानिकहरूले बनाए ३ मिनेटमै फुल चार्ज हुने ईभी ब्याट्री
चीनका वैज्ञानिकहरूले ३ मिनेटमै फुल चार्ज हुने सोलिड स्टेट ब्यार्टी लिथियम...
विश्वको अग्रणी स्मार्टफोन निर्माता कम्पनी हुवावेले इलेक्ट्रिक कार उद्योगमा धमाका मच्चाउन लागेको छ । कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक कार हुवावे एआईटीओ एम७ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो भन्दा पहिला कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार एआईटीओ एम५ लन्च गरेर अटो उद्योगमा प्रवेश गरेको थियो ।
एआईटीओ एम५ इलेक्ट्रिक कारको राम्रो प्रतिक्रिया पाएपछि कम्पनीले अब एआईटीओ एम७ इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । मिडिया रिपोर्ट अनुसार कम्पनीले चाँडै नै नयाँ कार लन्च गर्न लागेको दाबी गरेको छ ।
यद्यपि कम्पनीले यसको बारेमा आधिकारिक जानकारी भने दिएको छैन । हुवावेको नयाँ इलेक्ट्रिक कार मिडियम साइजको ६ सिटर कार हुने सम्भावना रहेको छ । यो एक हाइब्रिड इलेक्ट्रिक एसयूभी पनि हुने सम्भावना छ र यसको आकार एआईटीओ एम५ भन्दा थोरै ठूलो हुनेछ ।
नयाँ कारको डिजाइन पुरानो मोडलसँग मिल्दोजुल्दो हुन सक्ने बताइएको छ । यसमा फ्रन्टल बम्परमा ठूलो एयर भेन्टिलेसन ग्रिल, स्ट्रेट रुफलाइन, फुल बडीमा क्रोम कलर ट्रिमजस्ता पुराना फिचर हुनेछ । यसको लम्बाई ५०२० एमएम र चौडाइ १९४५ एमएम रहेको बताइएको छ । यो कारको तौल २३४० किलोग्राम हुनसक्छ ।
एआईटीओ एम७ इलेक्ट्रिक कारमा पावर दिनका लागि इलेक्ट्रिक हाइब्रिड अटोमोबाइल १.५ टी रेन्ज एक्सटेन्डर प्लस मोटर कम्बोको प्रयोग गरिनेछ । यसमा जडान गरिएको इलेक्ट्रिक मोटरले रेटेड ७२ किलोवाट र पिक पावर २०० किलोवाट हुन सक्छ । यसको अधिकतम नेट इन्जिन पावर ९० किलोवाट हुने जानकारी दिइएको छ ।
चीनका वैज्ञानिकहरूले ३ मिनेटमै फुल चार्ज हुने सोलिड स्टेट ब्यार्टी लिथियम...
इलेक्ट्रिक सवारी निर्माता कम्पनी हर्विनले ईआईसीएमए २०२२ मा आफ्नो पहिलो...
नेपाली सडकमा हाल विभिन्न ब्रान्ड र मोडलका सवारी साधन गुडिरहेका छन् । ती...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...