बीएमडब्ल्युका बाइक पुगे अपर मुस्ताङ

काठमाडौं – नेपाली बजारमा उपलब्ध बीएमडब्ल्युका ११ हेभी बाइक सहित १६ राइडर अपर मुस्ताङ पुगेका छन् । नयाँ वर्ष २०७९ को अवसरमा बीएमडब्ल्युको नेपालका लागि आधिकारिक वितरक हिमालय मोटरार्डको आयोजनामा ती बाइक अपर मुस्ताङको कोरला नाका सम्म पुगेका हुन् ।

बीएमडब्ल्युका जी३१० आर, जी ३१० जीएस, एफ ७०० जीएस र एफ ८०० जीएस जस्ता हेभी बाइकमा राइडरहरु अपर मुस्ताङ पुगेका हुन् । गत चैत २६ गते काठमाडौंको नक्सालस्थित सोरुमबाट प्रस्थान गरेका राइडरहरु बैशाख २ गते काठमाडौं फिर्ता आइपुगेका थिए ।

सो अवसरमा मुस्ताङको जोमसोममा राइडरहरुका बीच स्लो रेस र स्किल रेसको प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

स्लो रेस प्रतियोगितामा जी ३१० जीएस सवार राइडर शिरिष जिसी विजयी बने भने एफ ८०० जीएस सवार अनिल कुमार श्रेष्ठ फर्स्ट रनर अप बने । त्यसैगरी स्किल रेस प्रतियोगितामा जी ३१० आर सवार नवीन डंगोल विजयी बने भने जी ३१० जीएस सवार शिरिष जिसी फर्स्ट रनर अप बने ।

नयाँ वर्षको अवसरमा राइडरहरुलाई मनोरञ्जन प्रदान गर्न र पर्यटन प्रवद्र्धन गर्नका लागि समेत सो राइड कार्यक्रमको आयोजना गरिएको हिमायल मोटरार्डका जनरल म्यानेजर दिपेश श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरू

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको  सुबिधा

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको सुबिधा

क्रसफायर मोटरसाइकल तथा इटालिका मोटो स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर अब सुर्खेतको वीरेन्द्रनगरमा

जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर अब सुर्खेतको वीरेन्द्रनगरमा

सुर्खेत – जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर कर्णाली प्रदेशको राजधानी...

नेपाल आउने भयो बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर, खुल्यो प्रि–बुकिङ

नेपाल आउने भयो बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर, खुल्यो प्रि–बुकिङ

नेपाली बजारमा बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर मोटरसाइकल बिक्रीका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...