सेगवे– नाइनबटको स्मार्ट ईलेक्ट्रिक स्कुटर ई–१२५ नेपाली बजारमा सार्वजनिक

काठमाडौँ – छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ ।

सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च विक्री हुने ई–स्कुटर ब्रान्ड हो । नेपालमा नाईनबटका लागि आधिकारिक बिक्रेता आईहव प्रालिले सो स्कुटर नेपाली बजारमा उपलब्ध गराएको र भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ ।

ईलेक्ट्रिक स्कुटर ई–१२५ संयुतm राज्य अमेरिकाको मोबिलिटी ईनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो । २०२० रेड डट डिजाइन अवार्ड विजेता यो इलेिक्ट्रक स्कुटर सेगवे नाइनबटद्वारा बनाइएको ई श्रृङखला अन्तर्गतको यो पहिलो स्कुटर हो ।

यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।

प्रति घण्टा ७५ किमीसम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २,४०० वाट बोस इलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ । ड्राइभिङ दायराका लागि ७४ भोल्ट र २७ एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ । स्कुटर सँगै सिङ्गल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सक्ने बताइएको छ ।

बोसको १०औँ पुस्ताको डुअल च्यानल एबिएस ब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ । सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरु प्रदान गर्दछ ।

आईपी एक्स५ वाटरप्रुफ सेगवे ई–१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ । साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिंदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिने कम्पनीले बताएको छ ।

सेगवे इ–१२५ दूई भिन्न आकर्षक रंगहरुमा उपलब्ध छ – सेतो र ग्रे । यो स्कुटरको मूल्य ३ लाख ९१ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

पहिले नै ६ हजार युनिट बुकिङ भएको सर्बाधिक सस्तो इलेक्ट्रिक कार लन्च

पहिले नै ६ हजार युनिट बुकिङ भएको सर्बाधिक सस्तो इलेक्ट्रिक कार लन्च

भारतमा सबैभन्दा सस्तो इलेक्ट्रिक कार लन्च भएको छ । मुम्बईस्थित ईभी...

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

यस्तो छ नेपाल आउने तयारीमा रहेको सेरेस व्रान्डको नयाँ इलेक्ट्रिक एसयूभी

नेपाली अटो बजारमा नयाँ व्रान्डको इलेक्ट्रिक व्रान्ड सेरेस भित्रिने भएको छ...

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा पाइने

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा पाइने

काठमाडौं – नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...