यस्तो छ टाटा कर्भ इभी कन्सेप्टबारे जान्नै पर्ने ५ भिन्न पक्ष

नेक्सन र टिगोरलाई इभी भर्सनमा उतारेर लोकप्रिय बनिरहेको टाटा मोटर्सले केही दिन पहिले बिल्कुलै नयाँ प्लेटफर्मको इभी कन्सेप्ट सार्बजनिक गर्यो । इलेक्ट्रिक भेहिकलमा भारतको नम्वर वान व्रान्ड वनिराख्ने योजना अनुरुप टाटा मोटर्सले पछिल्लो समय आक्रमक बजार रणनितीलाई आत्मसाथ गर्दै लगेको छ ।

सोही रणनिती अन्तर्गत वाहिर आएको कर्भ इभी कन्सेप्टले अहिले इभी पारखीको ध्यान आकृष्ट गरिरहेको छ । कम्वस्टन इन्जिनमा समेत आउने भनिएको यो मिडसाइज एसयुभीको ५ भिन्न पक्ष यस प्रकार रहेको छ ।

डिजाइन
टाटा मोटर्सको भबिष्यमा आउनसक्ने एसयुभीलालाई प्रतिविम्वित गर्ने गरी देखाइएको यो कन्सेप्ट इभी विल्कुलै नयाँ डिजाइनमा आधारित छ । जसलाई टाटा मोटर्सले डिजिटल डिजाइन ल्यांग्वयज भनेको छ । कुपे स्टाइलको यो एसयुभीमा कर्भ्ड रुफलाइन र नचब्याक स्टाइल बुट सामेल गरिएको छ । जुन विएमडब्लु एक्स४ वाट प्रेरित रहेको देख्न सकिन्छ । पूर्णत चौडा एलइडी लाइट वार र त्रिकोणात्मक एयर भेन्ट्सले यो कन्सेप्ट कारको लुक्स र डिजाइनमा निखार दिएको छ ।

इभी आर्किटेक्टर
यो कन्सेप्ट इभीमा टाटा मोटर्सले नयाँ जेनेरेशन–२ आर्किटेक्चरलाई प्रयोगमा ल्याएको छ । जुन यसअघि प्रयोगमा आएको टाटा नेक्सनको जेनेरेशन–१ आर्किटेक्चरको तुलनामा निकै एड्भान्स र अत्याधुनिक रहेको छ ।

ब्याट्री र रेन्ज
यो कन्सेप्ट इभीमा जडान हुने ब्याट्री प्याकका बारेमा कुनै जानकारी नदिइए पनि नेक्सन इभीमा दिइएको ३०.२ किलोवाट आवर भन्दा केही ठूलो हुने अनुमान लगाइएको छ । यो इलेक्ट्रिक एसयुभीले ४ देखी ५ सय किलोमिटरसम्म रेन्ज प्रादन गर्नसक्ने जनाइएको छ ।

इन्टेरियर र फिचर्स
कारमा सवार चालक र यात्रुको सुबिधाका लागी यसमा प्यानरोमिक सनरुफ, फ्लोटिङ सेन्ट्रल कन्सोल लेआउट, रोटरी गियर सेलेक्टर र सेन्ट्रल आर्मरेष्ट दिइएको छ । यो नयाँ कन्सेप्टमा टाटा मोटर्सले थ्री लेयर ड्यासवोर्ड दिएको छ । जुन एकदमै आकर्षक र सफाचट देखिएको छ । इन्फोटेन्मेन्ट सिस्टमका रुपमा २ वटा फि स्ट्यान्डिङ डिजिटल स्क्रिन र इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध गराइएको यो इभीमा नयाँ टु स्पोक स्टेरिङ ह्विल डिजाइन दिइएको छ ।

लन्च गरिने समय र प्रतिस्पर्धा
टाटा मोटर्सले यो कन्सेप्टमा आधारित इन्टर्नल कम्वस्टन इन्जिन भर्सनलाई समेत बजारमा उतार्ने जनाएको छ । अवको २ वर्षभित्र बजारमा आउने अनुमान लगाइएको यो नयाँ मिडसाइज एसयुभीले किया सेल्टोस, स्कोडा कुसाक, फक्सवागन टाइगुन र हुन्डाई क्रेटासंग प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ । यसको इभी भर्सनले भने एमजी जेडएस इभीसंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक, ४० मिनेटमै ८० प्रतिशत चार्ज

सिंगल चार्जमा ४२० किमी चल्ने एड्भेन्चर बाइक, ४० मिनेटमै ८० प्रतिशत चार्ज

इटालियन इलेक्ट्रिक बाइक निर्माता कम्पनी इनर्जिकाले नयाँ एडभेन्चर...

सिप्रदी र यात्री मिलेर बनाएको नयाँ स्कुटरको ७ हजार किलोमिटर परीक्षण, कहिले हुँदैछ लन्च ?

सिप्रदी र यात्री मिलेर बनाएको नयाँ स्कुटरको ७ हजार किलोमिटर परीक्षण, कहिले हुँदैछ लन्च ?

काठमाडौं– सिप्रदी र यात्री मिलेर नेपालमै उत्पादन गरेको विद्युतीय स्कुटर...

विद्युतीय सवारी साधनको महत्व बढिरहेको सम्बन्धित व्यक्तिहरुको भनाइ

विद्युतीय सवारी साधनको महत्व बढिरहेको सम्बन्धित व्यक्तिहरुको भनाइ

काठमाडौं – सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...