७ सिटर किया क्यारेन्सले मच्चायो सनसनी, ३६ महिनामा २ लाख युनिट बिक्री
किया सेल्टोस र सोनेट पछि अब कियाको ७ सिटर फेमिली कार क्यारेन्सले बिक्रीमा...
किया मोटर्सले आफ्नो सबैभन्दा बढी बिक्री हुने एसयूभी सेल्टोसको साथै सस्तो एसयूभी सोनेट अपडेट गरेको छ । नयाँ सेल्टोस फेसलिफ्टमा पुरानो मोडलको तुलनामा १३ नयाँ फिचर थप गरिएको छ, जबकि सोनेटका सबै भेरिएन्टमा अब कम्तिमा ४ वटा एयरब्याग हुनेछ । कम्पनीले आफ्नो एसयूभी सेल्टोसका साथसाथै सोनेट पनि उत्कृष्ट फिचरसहित लन्च गरेको छ ।
नयाँ किया सेल्टोस भारतमा १० लाख १९ हजार भारु मूल्यमा लन्च गरिएको छ र यसको टप भेरिएन्टको मूल्य १८ लाख ४५ हजार भारु तोकिएको छ । किया सोनेट फेसलिफ्टको मूल्य ७ लाख १५ हजार भारु देखि १३ लाख ६९ हजार भारु सम्ममा उपलब्ध छ । नयाँ सेल्टोस इम्पेरियल ब्लू र स्पार्कलिंग सिल्भर गरी २ नयाँ रङमा उपलब्ध छ । साथै, किया सेल्टोस फेसलिफ्टमा अब आईएमटी गियरबक्स उपलब्ध छ ।
नयाँ किया सेल्टोस फेसलिफ्टको स्ट्यान्डर्ड भेरिएन्टमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेइकल स्ट्याबिलिटी म्यानेजमेन्ट, ब्रेक असिस्ट, हिल असिस्ट कन्ट्रोल, हाइलाइन टायर प्रेसर मनिटर्निङ सिस्टम र अल ह्विल डिस्क ब्रेक जस्ता फिचर समावेश गरिएको छ । नयाँ सेल्टोस फेसलिफ्टको अटोमेटिक मोडलमा मल्टि ड्राइभ र ट्रयाक्सन मोडहरू देख्न सकिन्छ ।
नयाँ किया सोनेटमा ४ वट एयरब्याग र हाइलाइन टायर प्रेसर मनिटर्निङ सिस्टम जस्ता फिचर समावेश गरिएको छ । यसका साथै ब्रेक असिस्ट सहित सेफ्टीसँग सम्बन्धित अन्य धेरै फिचरहरू समावेश गरिएको छ ।
किया सेल्टोस र सोनेट पछि अब कियाको ७ सिटर फेमिली कार क्यारेन्सले बिक्रीमा...
एसयुभी सेग्मेन्टका गाडीमा उच्च दरको बिक्री हाँसिल गर्न सफल कियाले पछिल्लो...
किया सेल्टोसको एचटिके भेरियन्ट २ बर्षपछि पुन नेपाली बजारमा भित्रिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...