सुजुकीको तीनवटै मोटरसाइकलमा गरियो अपडेट
सुजुकीले आफ्नो अपडेटेड रेन्ज जिक्सर, जिक्सर एसएफ र भी–स्ट्रोम एसक्स...
सुजुकीले आज इन्ट्री लेभलको पहिलो एड्मेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० लाई भारतीय बजारमा लन्च गरेको छ । यो नयाँ बाइकको मूल्य २ लाख १२ हजार भारु निर्धारण गरिएको छ । डेली कम्यूट, हाइवेमा लामो यात्रा र अफरोडका लागी समेत उपयोगी हुनेगरी डिजाइन गरिएको यो एड्भेन्चर टुरर बाइकमा सुजुकीको इजी स्टार्ट सिस्टम, सुजुकी राइड कनेक्ट र यूएसबी आउटलेट उपलब्ध गराइएको छ ।
यो नयाँ वाइकमा २४९ सिसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.५ पिएस र टर्क २२.२ एनएम रहेको छ । यो बाइकमा सुजुकीले अक्टागोनल आकरको एलइडी हेडलाइट जडान गरेको छ जसले बाइकको लुक्सलाई थप स्लिक देखाउन मद्धत गरेको छ । साथै पछाडी उच्च पवारयुक्त एलइडी टेल लाइट दिइएको छ । यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम र सिट हाइट ८ सय ३५ एमएम रहेको छ ।
यसमा दिइएको इजी स्टार्ट सिस्टमका कारण बटनलाई क्लिक गरिएकै भरमा इन्जिन स्टार्ट गर्न सकिन्छ । सुजुकी राइड कनेक्ट अन्तर्गत राइडरले आफूसंग भएको स्मार्ट फोनलाई ब्लुटुथ मार्फत यसको डिजिटल कन्सोलमा कनेक्ट गरी टर्न वाई टर्न नेभिगेसन, फोन आएको जानकारी, एसएसम अलर्ट, ह्वाट्स एप अलर्ट डिस्प्ले, मिस काल, गती उच्च भएको बारे चेतावनी र फोनको व्याट्रीको चार्जिङ वारे जानकारी लिन सक्नेछन् ।
यो नयाँ बाइकले बजारमा केटिएम २५० एड्भेन्चर र बेनेली टिआरके २५१ संग प्रतिस्पर्धा गर्ने देखिएको छ । यो एड्भेन्चर मोटरसाइकल अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनसक्ने अनुमान लगाउन सकिन्छ । नेपाल आउँदा यसको मूल्य ६ लाख ४० हजार हाराहारी पर्ने आँकलन गरिएको छ ।
सुजुकीले आफ्नो अपडेटेड रेन्ज जिक्सर, जिक्सर एसएफ र भी–स्ट्रोम एसक्स...
नेपाली बजारमा हालै सुजुकी एक्सेस १२५ स्कुटरको नयाँ संस्करण उपलब्ध भएको छ ।...
मारुती सुजुकीले आगामी महिनामा आफ्नो एसयूभी लाइनअप विस्तार गर्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...