फोटोनको इलेक्ट्रिक कार्गो र स्कुल भ्यान नेपाल भित्रिदै

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कुल भ्यान केही महिना भित्रै नेपाली बजारमा ल्याउने बताएको छ ।

फोटोनका यी भ्यानहरु १०० किलोवाट अर्थात १३६ एचपी भन्दा बढी इन्जिन क्षमताको रहेका छन् । यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको बताइएको छ ।

फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने भएको हो । वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका सवारी साधनप्रति उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भईरहेको र मागहरु बढ्दै गइरहेको तथ्य पछिल्लो बजार तथ्याङ्कले पनि दर्शाएको कम्पनीको भनाइ छ ।

लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाइकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चीनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ ।

फोटोन पनि विश्वमै लोकप्रिय चाइनिज ब्रान्ड हो । नेपाली बजारमा यो भन्दा पहिले फोटोनका विभिन्न मोडलका गाडी उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

ईभी इन्टरनेसनल एक्स्पोमा महिन्द्राको नयाँ विद्युतीय सवारी साधन सार्वजनिक

काठमाडौं – महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ‘ट्रियो झोर डीभी’...

अटोमोबाइल उद्योगमा सन् २०२५ फर्केर हेर्दा, कति लन्च भए र कति बिक्री भए?

अटोमोबाइल उद्योगमा सन् २०२५ फर्केर हेर्दा, कति लन्च भए र कति बिक्री भए?

अटोमोबाइल उद्योगका लागि वर्ष २०२५ अत्यन्तै महत्वपूर्ण र परिवर्तनकारी...

अर्को वर्ष इलेक्ट्रिक कार ल्याउने जिपको घोषणा

अर्को वर्ष इलेक्ट्रिक कार ल्याउने जिपको घोषणा

जिपको पहिलो फुल इलेक्ट्रिक मोडल अर्को वर्षको पहिलो ६ महिना भित्रै बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...