नयाँ फिचर्स थप भएर आयो हिरो डेस्टिनी १२५ को एक्सटेक भर्सन

भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले हाल कारोबार भैरहेको डेस्टिनी स्कुटरमा फिचर्स थप गरेर नयाँ भर्सन सार्बजनिक गरेको छ । डेस्टिनी १२५ एक्सटेक नाम दिइएको यो स्कुटरमा एलइडी हेडलाइट र ब्लुटुथ कनेक्टिभिटीलाई स्ट्यान्डर्ड फिसर्चका रुपमा दिइएको छ । यो नयाँ भर्सनको मूल्य ८० लाख भारु कायम गरिएको छ ।

यो नयाँ भर्सनमा कम्पनीले रेगुलर भर्सनमा दिइएको सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टलाई निरन्तरता दिएको छ । पछाडी सिटमा बस्ने व्याक्तिलाई सहज होस भनेर ब्याक रेष्ट दिइएको छ । पुरानै इन्जिनलाई निरन्तरता दिइएको यो स्कुटरको रेगुलर मोडलमा जस्तै अगाडी चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक जडान गरिएको छ ।

यो स्कुटरमा १२४.६ सिसीको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ९.१ एचपी र टर्क १०.४ एनएम रहेको छ । हिरोले यसअघि ग्लामर मोटरसाइकल र प्लेजर स्कुटरलाई एक्सटेक भर्सनमा उतारिसकेको छ ।

नेपाली बजारमा समेत उपलब्ध यसको रेगुल मोडलको मूल्य २ लाख २२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । यो नयाँ भर्सनको मूल्य भारतीय बजारमा ४ हजार रुपैयाँले बढी तय गरिएका कारण नेपाल आउँदा १२ हजार रुपैयाँसम्म बढेर आउने अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...

यस्तो छ हिरोको २०२२ एक्सपल्स २००टी फोरभीको फर्स्ट लुक

यस्तो छ हिरोको २०२२ एक्सपल्स २००टी फोरभीको फर्स्ट लुक

नयाँ अपडेट गरिएको मोडलको टिजर सार्वजनिक गरेको केही दिनमै हिरोको नयाँ बाइक...

लन्च हुनु पहिले नै डिलरमा देखियो प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१०

लन्च हुनु पहिले नै डिलरमा देखियो प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१०

प्रोडक्सन रेडी हिरो करिज्मा एक्सएमआर २१० भारतका केही डिलरहरुमा लन्च हुनु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...