५० हजार नगद छुट अर्थात अन्य सुबिधा मध्ये एक छानेर बिएमडब्लु वाइक लिन सकिने

विएमडब्लु मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक हिमालयन मोटोरार्डले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले ल्याएको उक्त अफर अन्तर्गत ग्राहकले ५० हजार नगद छुट अर्थात इन्सुरेन्स, हेल्मेट, बिएमडब्लु जिएस सर्टिफाइड अफरोड ट्रेनिङ र ३ बर्षसम्मको निशुल्क सर्भिसिङ मध्ये एक सुबिधा छानेर लिन सक्नेछन् ।

बिएमडब्लुको नेपाली बजारमा ३१३ सिसी क्षमताका जी ३१० आर र जी ३१० जिएस गरी कुल दई मोडलका मोटरसाइकल उपलब्ध छन् । यी बाइक बिएस४ र बिएस६ दुबै भेरियन्टमा उपलब्ध रहँदै आएका छन् । जसमध्ये बिएस४ जी ३१० आरको मूल्य ९ लाख ७५ हजार र जी ३१० जिएसको १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले केहि दिन पहिलेमात्र आफूसंग स्टकमा भएको बिएस४ जी ३१० आरमा ६० हजार रुपैयाँ छुट दिने बताएको थियो ।

यसको बिएस६ भेरियन्टको मूल्य भने जी ३१० आरको १३ लाख ७५ हजार र जी ३१० जिएसको १४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ । आकर्षक लुक्स, आरामदायी फिचर्स र प्रिमियम ब्रान्ड भ्यालुका कारण यी बाइक नेपाली बजारमा लोकप्रिय बनिरहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...