अब आवेदन दिएको एक महिनामै सवारी ‘लाइसेन्स’ पाइने

सरकारले अनलाइन आवेदन दिएको एक महिनाभित्रै सवारी चालक अनुमतिपत्र लिन पाउने प्रणालीको विकास गर्ने तयारी थालेको छ । आवेदन दिएको दुई वर्षभन्दा लामो समय कुर्नुपर्ने अवस्था भएपछि यातायात व्यवस्था विभागले आगामी दिनमा एक महिनामै सवारी चालक अनुमति लिन पाउने व्यवस्था गर्न लागेको जनाएको छ ।

आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा एक महिना बढी समय लाग्ने देखिएमा आवेदन नलिने गरी प्रणाली विकास गर्न लागेको विभागको भनाइ छ । पछिल्लो समय हेर्दा कम्प्युटर प्रणालीमा आवेदकको संख्या धेरै तर सम्पर्कमा आउने सेवाग्राहीको संख्या एकदमै कम भएकाले लाइसेन्स लिन चाहने सेवाग्राहीका लागि मात्र यस्तो प्रणाली बनाउन लागिएको हो ।

आगामी जेठ १५ गतेसम्म बाँकी ५ लाख ७२ हजार सवारी चालक अनुमतिपत्र वितरण गरी सक्ने र त्यसपछिका सेवाग्राहीले एक महिनाभित्रै स्मार्ट सवारी चालक अनुमतिपत्र प्रयोग गर्न सक्ने बिभागले दाबी गरेको छ । आवेदन दिने तर ट्रायल परीक्षामा सहभागी हुन आउनेको संख्या एकदमै कम भएपछि विभागले १ देखि १४ दिनका आवेदकलाई १ कै दिनमा ट्रायल दिने व्यवस्था गर्नेछ ।

परीक्षाका लागि आवेदन दिने, होल्ड गर्ने तर अत्यावश्यकले पालो नपाउने भएपछि वास्तविक आवेदकलाई मात्र सेवा दिनका लागि प्रणालीमा सुधार गर्न लागेको विभागले जनाएको छ ।

सम्बन्धित समाचारहरू

५ लाख स्मार्ट कार्ड प्रिन्ट र २ लाख २९ हजार नयाँ ईम्बोस्ड नम्बर प्लेट उत्पादन

५ लाख स्मार्ट कार्ड प्रिन्ट र २ लाख २९ हजार नयाँ ईम्बोस्ड नम्बर प्लेट उत्पादन

काठमाडौँ । सरकारले ५ लाख २ हजार २२ सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड)...

सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा

सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको...

लाइसेन्सको आवेदन अब इडिएल प्रणालीबाट हुने, अनलाइनबाटै हुने भएकाले लाइन बस्न नपर्ने

लाइसेन्सको आवेदन अब इडिएल प्रणालीबाट हुने, अनलाइनबाटै हुने भएकाले लाइन बस्न नपर्ने

काठमाडौं – श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...