३ बर्षभित्र बजार हिस्सा दोब्बरले बृद्धि गर्ने यामाहाको योजना

यामाहा मोटर्स इण्डियाले सन् २०२५ सम्ममा भारतीय बजारमा आफ्नो हिस्सालाई दोब्बरले बृद्धि गर्ने योजना बनाएको छ । जसका लागी उसले आगामी दिनहरुमा १२५ देखी १५० सिसी क्षमतासम्मका स्कुटर र १५० देखी २५० सिसी क्षमतासम्मका नयाँ प्रबिधीमा आधारित मोटरसाइकलको उत्पादनमा बढी जोड दिने बताएको छ ।

कम्पनीका चेयरम्यान इसिन चिहानाका अनुसार उक्त योजना पुरा गर्न कम्पनीले उत्पादन क्षमतामा बृद्धि गर्दै जानेछ । ‘उत्पादनमा समस्या आउन नदिनका लागी हामीले अहिले महंगो मूल्य तिरेरै भएपनि सेमिकन्डक्टर खरिद गरिरहेका छौ । यसले हाम्रा डिलरहरुलाई मोटरसाइकल र स्कुटरको अभाव हुन दिने छैन’ उनले भने ।

यामाहाले अघिल्लो बर्ष कुल ५ लाख २२ हजार युनिट मोटरसाइकल र स्कुटर बिक्री गर्दै जम्मा ३.६ प्रतिशत बजार हिस्सा कायम गरेको थियो । जापनिज अटोमेकर यो कम्पनीले ‘मास प्रोडक्सन’ भन्दा माथी राखेर प्रिमियम रेन्जका प्रोडक्टमा फोकस हुने कारण हिरो, टिभिएस, बजाज र होन्डा भन्दा आफू अलग्गै रहेको दाबी गर्दै आइरहेको छ । इलेक्ट्रिक टु ह्विलरका बिषयमा समेत आफूहरुले सम्भाव्यता अध्यायन गरिरहेको चिहानाले बताए ।

यामाहाले पछिल्लो सयम लन्च गरेको चौथो जेनेरेशन आर१५ र एरोक्स १५५ सहित फेसिनो र रे जेडआर को हाइब्रिड भर्सन अहिले भारतीय बजारमा सफल भैरहेको छ । साथै उसले अबको केही समयभित्रै एमटी १५ को अपडेटेड भर्सन र नयाँ मोटरसाइकल एक्सएसआर १५५ लन्च गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने

यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने

यामाहाले आफ्नो लोकप्रिय न्याकेड स्ट्रिटफाइटर बाइक एमटी १५ लाई अपडेट गरेर...

यामाहा सर्भिस इन्चार्ज मिट सम्पन्न

यामाहा सर्भिस इन्चार्ज मिट सम्पन्न

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यू राइड्सले...

यामाहा एमटी–१५ नेपालका शोरुममा, अब बुकिङ गर्नेले पनि सहज रुपमा पाउन सक्ने

यामाहा एमटी–१५ नेपालका शोरुममा, अब बुकिङ गर्नेले पनि सहज रुपमा पाउन सक्ने

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...