हिरो करिज्मा यही अगस्तमै लन्च हुने, कलाकार हृतिक रोशनको टिजर सार्वजनिक
हिरो मोटोकर्पले एक पटक बन्द गरिसकेको मोटरसाइकल करिज्मा फेरि बजारमा आउने...
काठमाडौं – हिरो एक्सपल्स २०० फोरभीका साथै ग्ल्यामर र सुपर स्प्लेन्डर मोटरसाइकल तथा माएस्ट्रो एज स्कुटर एकै पटक लन्च गरिने भएको छ । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले केही समय पहिले नै हिरो एक्सपल्स २०० फोरभी भित्र्याएको समाचार सार्वजनिक भइसकेको थियो । यद्यपि यसको औपचारिक लन्च हुन बाँकी छ ।
करिब एक महिना भन्दा पहिले नै एक्सपल्स २०० फोरभीका साथै अन्य तीन मोडल समेत एकै पटक ग्रान्ड लन्च गर्ने तयारी कम्पनीले गरिरहेको बताइएको छ । हिरोको ग्लयामर र सुपर स्प्लेन्डर मोटरसाइकलका साथै माएस्ट्रो एज स्कुटरसमेत सार्वजनिक गरिने छ । औपचारिक रुपमा नबताइए पनि यी मध्ये अधिकांश मोडल बीएस६ मापदण्डयुक्त हुनेछन् ।
नेपाली बजारमा हिरोले क्रमशः बीएस६ र नयाँ मोडल भित्र्याउदै जाने जानकारी नेपाल जनरल मार्केटिङ कम्पनीका अध्यक्ष अभिक ज्योतिले करिब ४ महिना पहिले बताएका थिए । हाल कोरोना भाइरसको संक्रमण समाप्तिको दिशातिर बढिरहेको समयमा केही विशेष कार्यक्रम गर्ने योजना कम्पनीले बनाएको हुन सक्छ ।
नेपाली बजारमा विशेष गरी एड्भेन्चर मोडलको रुपमा एक्सपल्स २०० फोरभीको निकै नै प्रतीक्षा भइरहेको छ । नेपाली बजारमा हिरो एक्सपल्स २०० निकै नै रुचाइएको मोटरसाइकल हो । भारतीय बजारमा लन्च गरिएको नयाँ एक्सपल्स २०० फोरभी अझै पावरफुल रहेको छ ।
नयाँ एक्सपल्स २०० ४भीले १८.८ पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ, जुन हाल प्रचलित एक्सपल्स भन्दा बढी हो । हालको स्ट्यान्डर्ड एक्सपल्स २०० ले १७.८ बीएचपी पावर र १६.४५ एनएम टर्क जेनेरेट गर्छ ।
इन्ट्री लेवलको सो एड्भेन्चर मोटरसाइकललाई पावरफुल बनाउनका लागि अन्य धेरै अपडेट समेत गरिएको छ । यसमा अपडेटेड ७ फिन आयल कुलर र सुधारिएको ट्रान्समिसन प्रयोग गरिएको छ । त्यसैगरी एलईडी हेडल्याम्प समेत छ ।
यो मोटरसाइकलमा ब्लुटुथ सपोर्ट र टर्न बाई टर्न नेभिगेसन सहितको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, सिंगल च्यानल एबीएस, लङ ट्राभल सस्पेन्सन, ड्युअल परपोज टायर आदि उपलब्ध छ ।
यसका साथै बीएस६ मोडलका अन्य मोटरसाइकल तथा स्कुटरले समेत ग्राहकको मन लोभ्याउने अपेक्षा गर्न सकिन्छ ।
हिरो मोटोकर्पले एक पटक बन्द गरिसकेको मोटरसाइकल करिज्मा फेरि बजारमा आउने...
धेरै कम्पनीहरुले कुनै समयमा चर्चित उत्पादन बन्द गर्ने गर्छन् । विश्व...
सिजी मोटर्सले पहिलो पटक ‘हिरो एक्सचेञ्ज एण्ड इभल्भ’ कार्यक्रम आयोजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...