नेपाली नारीको रोजाइमा पर्न सफल ५ स्कुटर ब्रान्ड

केही बर्षअघिसम्म नेपालमा नारीलाई घरबाहिर निस्कन निकै सकस हुने अबस्था थियो । सहरी क्षेत्रमा बसोबास गर्ने केही शिक्षित नारी बाहेक दुरदराजका अधिकांश नारीको अबस्था अझैपनि कस्टकर नै रहेको पाइएपनि पछिल्लो समय नारीहरु स्वतन्त्र रुपमा आफ्नै साधन लिएर घरदेखी अफिस र आफूले चाहेको स्थानमा निस्किने अबस्थामा पुगेका छन् । नारीलाई आफ्नै निजी साधनमा पहुँच कायम गर्न भने नेपालमा स्कुटरले निकै ठूलो भुमिका खेलिरहेको देखिन्छ । जसका कारण नेपालमा स्कुटरलाई नारी स्वतन्त्रतामा योगदान दिने साधनको रुपमा समेत लिने गरेको पाइन्छ ।

बिशेषत स्कुटर नारीहरुकै लागी भनेर निमार्ण गरिएको भएपनि पछिल्लो सयम पुरुष राइडरले समेत यो साधनलाई उत्तिकै मात्रामा रुचाइरहेका छन् । जसले गर्दा स्कुटर अहिले नारी र पुरुष दुबै जनाले प्रयोग गर्न मिल्ने ‘युनिसेक्स’ साधनका रुपमा परिचित बनिरहेको छ । तथापी यसको प्रयोगकर्ता भने अझैपनि नारी नै बढी मात्रामा रहेको देखिन्छ । आज नारी दिवसको अबसरमा हामीले नेपाली नारीको रोजाइमा पर्न सफल ५ स्कुटर ब्रान्डको बारेमा जानकारी दिने जमर्को गरेका छौ ।

होन्डा
जापनिज ब्रान्ड होन्डाको स्कुटर नेपाली नारीमाझ निकै नै लोकप्रिय साधन बनिरहेको छ । आकर्षक लुक्स, बलियो तथा मजवुत इन्जिन, उत्कृष्ट सेफ्टि फिचर्स र सर्बसुलभ सर्भिसिङ कारण होन्डाले स्कुटर सेग्मेनटमा बिगत लामो समयदेखी बजारको नेतृत्व लिइरहेको छ । होन्डाको नेपाली बजारमा डिओ, एभिएटर, ग्राजिया र एक्टिभ गरी कुल ४ वटा मोडलका स्कुटर उपलब्ध रहँदै आएकोमा सबैभन्दा बढी लोकप्रिय भने डिओ र ग्राजिया बनिरहेको छ । जसमध्ये डिओ र एभिएटर ११० सिसी क्षमतामा उपलब्ध छन् भने ग्राजिया र एक्टिभा १२५ सिसीमा । यी स्कुटरको मूल्य २ लाख २० हजारदेखी २ लाख ९३ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

टिभिएस
स्टाइलिस र पावरफुल स्कुटर चाहने नारीमाझ लोकप्रिय बनिरहेको अर्को ब्रान्ड हो टिभिएस । टिभिएसको हाल नेपाली बजारमा एनटर्क, जुपिटर, वेगो, ड्याज र जेस्ट गरी कुल ५ वटा मोडलका स्कुटर उपलब्ध छन् । जसमध्ये १२५ सिसी क्षमताको एनटर्क अहिले सर्बाधिक चर्चामा रहँदै आएको छ । यो स्कुटरको मूल्य २ लाख २४ हजारदेखी २ लाख ९० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । टिभिएका अन्य स्कुटर भने खासै लोकप्रिय बन्न सकेको देखिँदैन ।

यामाहा
स्टाइलिस र उच्च माइलेजयुक्त स्कुटरलाई बजारमा उतारेको यामाहा पनि नेपाली नारीमाझ लोकप्रिय बनिरहेको स्कुटर ब्रान्ड हो । यसको रे जेड, फेसिनो ११०, फेसिनो १२५, रे जेडआर १२५ एफआई र एनम्याक्स १५५ म्याक्सी स्कुटर उपलब्ध रहँदै आएको छ । जसध्ये फेसिनो १२५ र रे जेडआर १२५ एफआई अहिले बढी चर्चामा छन् । नेपाली बजारमा फेसिनो १२५ को मूल्य २ लाख ६८ हजार र र रे जेडआर १२५ एफआइको २ लाख ५० हजारदेखी २ लाख ७६ हजार रुपैयाँसम्म पर्छ ।

भेस्पा/अप्रिलिया
प्रिमियम स्कुटरमा लोकप्रियता हाँसिल गरिरहेको भेस्पा र अप्रिलिया ब्रान्डको स्कुटरमा बिशेषत किशोरी र युवती उमेरका नारीहरु आकर्षित भएको देखिन्छ । हाल बजारमा उपलब्ध अन्य ब्रान्डका स्कुटरको तुलनमा महंगो पर्ने भेस्पासंग २ लाख ७४ हजारदेखी ४ लाख माथी मूल्य पर्ने स्कुटर उपलब्ध छ । त्यसैगरी अर्को इटालियन ब्रान्ड अप्रिलियासंग स्ट्रोम १२५, एसआर १२५, एसआर १५० र एसएक्सआर १६० मोडलका ४ वटा स्कुटर उपलब्ध छ । जसमध्ये सबैभन्दा लोकप्रिया एसआर १५० बनिरहेको देखिन्छ । यी स्कुटरमध्ये स्ट्रोम १२५ को मूल्य २ लाख ५४ हजार र एसआरको २ लाख ६० हजारदेखी ३ लाख ३३ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ । एसएक्सआर १६० लाई ४ लाख ३५ हजार रुपैयाँ पर्छ ।

हिरो
यी पाँच ब्रान्डका स्कुटरमध्ये सबैभन्दा सस्तो स्कुटरका रुपमा परिचित हिरोको नेपालमा डेस्टिनी, मास्टेरो एज, डुएट, प्लेजर प्लस र प्लेजर गरी कुल ५ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमश २ लाख २२ हजार ५ सय, २ लाख १८ हजार ५ सय, १ लाख ९३ हजार ५ सय, १ लाख ९७ हजार ५ सय र १ लाख ७८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल स्पोन्सर बन्यो यामाहा नेपाल

महिला टी-२० त्रिकोणात्मक शृङ्खलाको टाइटल स्पोन्सर बन्यो यामाहा नेपाल

काठमाडौं – यामाहा नेपालले बिहीबारदेखि सुरु भएको नेपाल, नदेरल्यान्ड्स र...

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

फेस्टिभल सिजनको सुरुवातसँगै नेपालका तीन ठूला टु ह्विलर ब्रान्ड टीभीएस,...

प्रिमियम लुकसहित यामाहा एक्सएसआर १५५ नयाँ मेटालिक ब्ल्याक कलरमा उपलब्ध

प्रिमियम लुकसहित यामाहा एक्सएसआर १५५ नयाँ मेटालिक ब्ल्याक कलरमा उपलब्ध

यामाहाले आफ्नो लोकप्रिय मोटरसाइकल यामाहा एक्सएसआर १५५ का लागि नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...