जापनीज कार किन जर्मन कार भन्दा बिश्वसनिय मानिन्छ ? यस्ता छन् कारण

विश्व अटो बजारमा जर्मन र जापनिज अटो निर्माता एकआपसमा प्रतिस्पर्धा गरिरहेका ब्रान्ड हुन् । बिक्रीको हिसावाले हेर्दा पनि यी दुई देशका कार सधैं अग्रपंक्तिमा आउने गर्छ । यी दुई देशमा उत्पादन हुने बिभिन्न कारका आ–आफ्नै लक्षित ग्राहक समेत रहेको पाइन्छ । प्राय प्रिमियम सेग्मेन्टका कार मात्रै उत्पादन गर्ने जर्मन अटो निर्माताको बजार युरोप र अमेरिका लगायत अन्य बिकसित राष्ट्रहरुमा केन्द्रित भएको पाइन्छ भने जापनीज निर्माताहरुले मास प्रोडक्सनमा जोड दिइरहेका छन् । उसको बजार बिश्वका सबैजसो देशमा बिस्तार भैरहेको छ ।

यी दुई देशमा उत्पादन हुने कारमा प्रयोग हुने इन्जिनियरिङ समेत फरक फरक हुने गरेको छ । जर्मन निर्माताले कारको डिजाइन र फिचर्समा बढी जोड दिने गरेका छन् भने जापनिज निर्माताले भने डिजाइन र फिचर्सको साथै बलियो पार्टपूर्जा र सुलभ मूल्यमा जोड दिएको देखिन्छ । यी पक्ष बाहेक यी दुई कार ब्रान्ड स्टायल, स्पिड, पर्फमेन्स र मूल्यमा समेत फरक छन् । सबैभन्दा ठूलो फरक भने यी दुई कारको बिश्वसनियतामा रहेको देखिन्छ ।

जर्मन ब्रान्डको नाम लिने बित्तिकै अधिकांशक कार पारखीले औडी, मर्सिडिज बेन्ज, बिएमडब्लु र पोर्शलाई याद गर्छन् । यी ब्रान्डका कार पावर, स्पिड र लक्जरीका क्षेत्रमा प्रख्यात मानिन्छन् । जसका कारण यसको लक्षित ग्राहक समेत सोही प्रकारको रहँदै आएको छ । यी कार जापजिनक कारको तुलनामा धेरै महंगो समेत हुन्छन् ।

उता मास प्रोडक्सनमा जोड दिँदै आइरहेका जापनिज ब्रान्ड टोयोटा, होन्डा र निशान लगायतले यातायातको विश्वसनियतालाई बढी जोड दिएको देखिन्छ । यी ब्रान्डका कार प्रयोग गर्ने ग्राहकमा स्पेयर पार्ट्सको मूल्य सस्तो हुने र सजिलै मर्मतसम्भार गर्न सकिने मान्यता रहँदै आएको छ । साथै यी कारको मूल्य समेत जर्मन ब्रान्डको तुलनामा निकै सस्तो पर्छ ।

नेपाली बजारमा समेत यी दुबै देशका कार उपलब्ध छन् । जापजिन निर्माता अन्तर्गत टोयोटा, निशान, मित्सुबिसी र होन्डा लगायत ब्रान्ड उपलब्ध छन् भने जर्मन निर्माताले उत्पादन गर्ने फक्सवागन, बिएममडब्लु र मर्सिडिज पनि नेपाली बजारमा उपलब्ध रहँदै आएको छ । जसमध्ये जापनिज ब्रान्डलाई जर्मन ब्रान्डको तुलनामा बढी विश्वस गरिएको सहजै अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

२५० सीसी माथिका मोटरसाइल मात्र बिक्री गर्ने यी तीन ब्रान्डलाई बजेटले थप्यो चुनौती

२५० सीसी माथिका मोटरसाइल मात्र बिक्री गर्ने यी तीन ब्रान्डलाई बजेटले थप्यो चुनौती

बजेटमा सरकारले २ सय सीसी माथिका मोटरसाइकलमा यसअघि लाग्दै आएको भन्सार र...

५० हजार भारुले बढ्यो बिएमडब्ल्यू जि ३१० आर र जि ३१० जिएसको मूल्य

५० हजार भारुले बढ्यो बिएमडब्ल्यू जि ३१० आर र जि ३१० जिएसको मूल्य

विएमडव्ल्यूको इन्ट्रि लेवल न्याकेड वाइक जि ३१० आर र जि ३१० जिएस ५० हजार...

अर्को सातादेखि क्रसफायर मोटरसाइकलले मूल्य वृद्धि गर्ने, एउटै मोडलमा ३५ हजार बढ्ने

अर्को सातादेखि क्रसफायर मोटरसाइकलले मूल्य वृद्धि गर्ने, एउटै मोडलमा ३५ हजार बढ्ने

अर्को सातादेखि क्रसफायर मोटरसाइकलको मूल्य वृद्धि हुने भएको छ । आयातकर्ता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...