यामाहाको नयाँ इलेक्ट्रिक स्कुटर ‘एक्सेन्टर ई’ सार्वजनिक, १०८ किलोमिटर रेन्ज र १६ इन्चका ठूला टायर
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर ‘एक्सेन्टर ई’ सार्वजनिक गरेको छ। १६...
यामाहाले आफ्नो लोकप्रिय न्याकेड स्ट्रिटफाइटर बाइक एमटी १५ लाई अपडेट गरेर ल्याउने भएको छ । २०२२ मोडलमा धेरै फिचर्स अपडेट गरेर ल्याउने तयारी थालेसंगै कम्पनीले अहिले हाल कारोबार भैरहेको मोडलको उत्पादन बन्द समेत गरिसकेको छ । यो बाइक अबको केही महिनाभित्रै आउने अनुमान गरिएको छ ।
नयाँ मोडलमा कम्पनीले इन्जिन र फिचर्समा फेरबदल गर्न सक्ने आँकलन गरिएको छ । यो नयाँ बाइकमा वाइजेडएफ आर१५ भि४ को इन्जिन जडान गरिने भएको छ । जसको टर्क हाल कारोबार भैरहेको मोडलको तुलानामा केही बढी हुने छ । यामाहाले अहिले कारोबार भैरहेको एमटी १५ मा आर१५ भि ३ को इन्जिन राखेको थियो । जसको पवार १८.५ पिएस र टर्क १३.९ एनएम रहेकोमा नयाँ इन्जिनले १८.४ पिएस पावर र १४.२ एनएम टर्क जेनेरेट गर्नेछ ।
साथै यो नयाँ मोडलमा यामाहाले डुअल च्यानल एबिएस र ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर्स समेत थप गर्न सक्ने संभवाना देखिएको छ । यसको अतिरिक्त यो बाइकमा स्मार्टफोन कनेक्टिभिटी सहितको रिडिजाइन गरिएको इन्स्ट्रुमेन्ट कन्सोल समेत थप हुने जनाइएको छ । यो नयाँ बाइक हालको एमटी १५ भन्दा केही महंगो समेत पर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...