सुपर लिगमा काठमाडौं रेजर्सको तयारी, विकेश कुथु मार्की प्लेयर र बाल गोपाल महर्जन मुख्य प्रशिक्षक

काठमाडौं – नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीको आयोजना र एन्फाको प्राविधिक सहयोगमा आगामी अप्रिल ८, २०२२ अर्थात चैत २५, २०७८ देखि दशरथ रंगशालामा दोस्रो नेपाल सुपर लिग हुँदैछ । सो अवसरमा यामाहा, स्कोडा, जिप लगायतका विभिन्न अटोमोबाइल ब्रान्ड आयात गरिरहेको एमएडब्ल्युको स्वामित्वमा रहेको काठमाडौं रेजर्सले सहभागितालाई निरन्तरता दिदैं उत्कृष्ट प्रदर्शनको तयारीमा रहेको जानकारी गराएको छ ।

नेपाली फुटबलको सर्वाङ्गिण बिकासका लागि विभिन्न व्यापारिक घरानाहरूले पनि यस पक्षमा बिशेष चासोको साथ लगानी गरेर टिम निर्माण गरेका छन् । गत सिजनमा यो टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुन सफल भएको थियो ।

काठमाडौं रेजर्सका डाइरेक्टर विज्ञानराज शर्माले यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्दै ट्रफी आफूहरुले नैे राख्ने गरि कार्य आरम्भ पनि गरिसकेको बताए । उनले भने, ‘हाम्रो एनएसएलमा सहभागिताले नेपाली फुटबलको दीर्घकालीन विकासका लागि ठूलो सहयोग पुग्ने छ भन्ने विश्वास हामीले लिएका छौ ।’

काठमाडौं रेजर्सले यसपाली पनि फुटबलका सफल गोलकिपर पूूर्व कप्तान विकेश कुथुलाई मार्की प्लेयर र राष्ट्रिय टिमका सफल प्रशिक्षक बाल गोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नै निरन्तरता दिएको छ ।

आज आयोजित कार्यक्रममा टिमका साथमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल समेतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरू

३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स

३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

यामाहाले विशेषगरी महिलाका लागि डिजाइन गरिएको नयाँ स्कुटर लन्च गर्ने तयारी गर्दै

यामाहाले विशेषगरी महिलाका लागि डिजाइन गरिएको नयाँ स्कुटर लन्च गर्ने तयारी गर्दै

यामाहा मोटर इन्डियाले नयाँ स्कुटर ल्याएको छ, साथै कम्पनीले आफ्नो लोकप्रिय...

यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा

यामाहाले ल्यायो दशैं तिहार अफर, १ लाख सम्मको क्यास ब्याक र जापान भ्रमण सुविधा

काठमाडौं– यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...