अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

काठमाडौं – बजाज बाइक किन्न चाहनेहरुका लागि अब झनै सजिलो हुने भएको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ४० प्रतिशत डाउन पेमेन्टमै बाइक उपलब्ध गराउने भएको छ ।

त्यसैगरी ग्राहकले शून्य प्रतिशत ब्याजदरमा बाँकी रकम फाइनान्समार्फत तिर्न सक्ने छन् । बजाजले हाल उपलब्ध गराइरहेको यो योजना नेपाली बजारका लागि नौलो हो । अधिकांश बाइक आयातकर्ता कम्पनीहरुले ५० प्रतिशत डाउन पेमेन्टमा यो सुविधा उपलब्ध गराइरहेकोमा बजाजले यो नयाँ खाले अफर उपलब्ध गराएको हो ।

नेपाली बजारमा बजाजका प्लाटिना, एभेन्जर, डिस्कभर, पल्सर र डोमिनार बाइक विभिन्न भेरिएन्टमा उपलब्ध छन् । सबैभन्दा कम मूल्यको बाइक प्लाटिनाको मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ छ भने सबैभन्दा महंगो डोमिनार ४०० को मूल्य ५ लाख ९८ हजार ९ सय रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

‘बजाज ग्रान्ड कार्निभल’ शुरु, २० बढी भ्यालुएटर्सबाट उच्चतम भ्यालुएसनका साथ बाइक साट्ने अवसर

‘बजाज ग्रान्ड कार्निभल’ शुरु, २० बढी भ्यालुएटर्सबाट उच्चतम भ्यालुएसनका साथ बाइक साट्ने अवसर

काठमाडौँ – बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड...

पटक पटक बढेको मूल्यमा फेरि पनि बढ्यो बजाज मोटरसाइकलको मूल्य : ४ हजार देखि १६ हजार सम्म

पटक पटक बढेको मूल्यमा फेरि पनि बढ्यो बजाज मोटरसाइकलको मूल्य : ४ हजार देखि १६ हजार सम्म

काठमाडौं – पटक पटक बढिरहेको बजाज मोटरसाइकलको मूल्य फेरि बढेको छ । नेपालका...

बजाजले ल्यायो विश्वकै पहिलो सीएनजी बाइक, सर्बाधिक माइलेज दिने दावी

बजाजले ल्यायो विश्वकै पहिलो सीएनजी बाइक, सर्बाधिक माइलेज दिने दावी

बजाजले विश्वकै पहिलो सीएनजी बाइक लन्च गरेको छ । सो बाइकको नाम फ्रिडम १२५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...