अब एउटै शोरुममा मोटरहेड र टारो ब्रान्डका बाइक तथा स्कुटर
काठमाडौं – एसजी ग्रुप अन्तर्गत नेपालमा बिक्री–वितरण भइरहेका मोटरहेड र...
तनहुँ – मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यथार्थता प्रदान गर्दै पृथ्वी राजमार्ग अन्तर्गत पर्ने आँबुखैरेनीमा आफ्नो आधिकारिक मर्मत केन्द्र विस्तार गरेको छ ।
गत मंगलबार एक समारोह बीच उक्त मर्मत केन्द्रका सञ्चालक सुनिल क्षेत्रीबाट सो मर्मत केन्द्रको उद्घाटन गरिएको थियो । कम्पनीले सो मर्मत केन्द्र ५ वर्ष देखि यसै क्षेत्रमा आवद्ध विश्वकर्मा वर्कशपका प्रोप्राइटर सुनिल क्षेत्रीलाई आधिकारिकता प्रदान गरेको हो ।
अनुभवी र दक्ष स्थानीय ग्यारेजलाई प्राथमिकता दिँदै कम्पनीले मोटरहेड बाइक सम्बन्धी थप तालिम उपलब्ध गराउँदै पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने आफ्ना मोटरहेड बाइकका ग्राहकका साथै गोर्खा, दमौली, लम्जुङ्गमा रहेका आफ्ना ग्राहकहरुलाई सेवामा सहजता दिलाउन सो आधिकारिक मर्मत सेन्टरको जिम्मेवारी लिएको जानकारी वर्कशपका सञ्चालक क्षेत्रीले दिए ।
उनका अनुसार आजको मितिमा निरन्तर तथा चलायमान रहेको मोटरहेड ब्रान्डले सहज रुपमा पार्ट्स उपलब्ध गराउन सफल रहेको देखेर नै यस ब्रान्डको आधिकारीक मर्मत केन्द्र लिएको थप जानकारी गराए ।

हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका बाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्रान्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्द, हाइवे राइडरहरुलाई सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको उनले बताए ।
कम्पनीले आधिकारिक मर्मत केन्द्रको उद्घाटन गरी विभिन्न अफर दिँदै २ दिने एक्सचेन्ज क्याम्प पनि सञ्चालन गरेको र ३ वटा मोटरसाइकल बिक्री भएको विश्वकर्मा वर्कशपका प्रोप्राइटर सुनिल क्षेत्रीले जानकारी गराए ।
काठमाडौं – एसजी ग्रुप अन्तर्गत नेपालमा बिक्री–वितरण भइरहेका मोटरहेड र...
काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...
नेपाली बजारमा हालै उपलब्ध टारो ब्रान्डका विभिन्न मोडलका बाइक मध्ये जीपी २...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...