पाकिस्तान हुन्डाइले गरेको ट्विटको भारतमा बिरोध, खासमा भएको थियो के ?

दक्षिण एसियाका दुई छिमेकी राष्ट्र भारत र पाकिस्तान राष्ट्रबादको बिषयमा एकदमै संबेदनशिल रहने गर्छन् । जसका कारण आफ्नो राष्ट्रको बिषयलाई लिएर गरिने टिकाटिप्णीका बिषयमा यी देशका नागरिकहरु तत्कालै बिरोध जनाइहाल्छन् । सोही क्रममा पछिल्लो समय हुन्डाई पाकिस्तानले कस्मिर सोलिडारिटी डेको अबसरमा ट्विट गरेको एक सन्देश अहिले बिबादमा परेको छ । जसका बिरुद्धमा अहिले भारतमा सोसल मिडिया प्रयोगकर्ताहरुले बिरोध जनाइरहेका छन् भने हुन्डाई इन्डियाले यस बिषयमा स्पष्टिकरण दिँदै माफी नै माग्नु परेको छ ।

उक्त बिषयमा स्पष्टिकरण दिँदै हुन्डाई इण्डियाको ट्विटरमा लेखिएको छ, ‘ हुन्डाई मोटर्स बिगत २५ बर्षभन्दा बढी सयमदेखी भारतको राष्ट्रबादको बिषयमा प्रतिबद्ध रहँदै आएको छ । सोसल मिडियामा भएको अबांछित पोष्टले भारतप्रति हामीले जनाउँदै आएको प्रतिबद्धतामा ठेस पुर्याएको हामीले पाएका छौ । भारत हाम्रा लागी दोस्रो घर हो र यस्ता संबेदनहिन पोष्टप्रति सून्य सहिष्णुताको निती रहेको हुँदा उक्त कदमको निंदा गर्दछौ ।’

खासमा भएको थियो के ?
हिँजो आइतबार पाकिस्तानमा हुन्डाइको ट्विटर ह्यान्डलबाट पाकिस्तानमा माइने गरिएको कस्मिर सोलारिडीटी डेको अबसर पारी एक सन्देश प्रशरण गरिएको थियो । जहाँ लेखिएको थियो, ‘आउनुहोस हामी कश्मिरी भाइहरुको बलिदानको याद गरौं र स्वतन्त्रताको लडाएमा उनीहरुको समर्थनमा खडा हौं ।’ उक्त ट्विटको साथमा एउटा काँडेतारले जोडिएको कस्मिर लेखिएको शब्द र डुंगा समेत पोष्ट गरिएको थियो ।

यसरी बिरोध जनाउनेहरुले भारतमा पाकिस्तानमा भन्दा धेरै हुन्डाई गाडी बिक्री हुने र भारतकै दोस्रो ठूलो अटो उत्पादक रहेको भन्दै यस बिषयमा हुन्डाई मोटर्सले सार्बजनिक रुपमै माफी माग्नुपर्ने भन्दै बिरोध जनाएका हुन् । यसरी बिरोध जनाउनेमा सर्बसाधरण सहित सेनाबाट रिटायर भएका सैनिक लगायत अन्य उच्च सैनिक अधिकृतहरु समेत सामेल छन् ।

सम्बन्धित समाचारहरू

सस्तो भएर आयो हुन्डाई आई२०, नयाँ भेरिएन्ट ६ लाख भारुमा लन्च

सस्तो भएर आयो हुन्डाई आई२०, नयाँ भेरिएन्ट ६ लाख भारुमा लन्च

हुन्डाईले आई२० को नयाँ इन्ट्री लेभल भेरिएन्ट लन्च गरेको छ । कम्पनीले नयाँ...

हुन्डाई भेन्यु र किया सोनेट : कुन लिदा राम्रो ? के छन् फाइदा र बेफाइदा ?

हुन्डाई भेन्यु र किया सोनेट : कुन लिदा राम्रो ? के छन् फाइदा र बेफाइदा ?

काठमाडौं – नेपाली बजारमा उपलब्ध कम्प्याक्ट एसयुभीको लागि हुन्डाई भेन्यु र...

हुन्डाई एक्स्टरको वुकिङ ७५ हजार नाघ्यो, गाडी हात पार्न ९ महिनासम्म कुर्नुपर्ने

हुन्डाई एक्स्टरको वुकिङ ७५ हजार नाघ्यो, गाडी हात पार्न ९ महिनासम्म कुर्नुपर्ने

हून्डाईको सानो एसयुभी एक्स्टर लन्च भएको छोटो समयमै राम्रो संख्यामा वुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...