पेट्रोलको मूल्य नेपालमा किन यति महंगो ? यस्तो छ कारण

नेपाल आयल निगमको नयाँ मूल्य सुची अनुसार पेट्रोल र डिजेलमा ३ रुपैयाँका दरले बृद्धि भई पेट्रोलको उपभोक्ता मूल्य १४२ र डिजेलको १२५ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजार अनुसार भारतको रक्सौल/बरौनीमा मङ्गलवार ८४.३२ नेपाली रुपैयाँ पर्ने पेट्रोलको खरिद मूल्य काठमाडौंमा उपभोक्ताले खरिद गर्दा रु १४२ तिर्नुपर्ने देखिएको हो ।

जसमा रु ५८.४८ सम्पूर्ण सरकारी राजस्व र मूल्य अभिवृद्धि कर जोडिन्छ । त्यसमा भन्सार शुल्क, सडक मर्मत–सम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ ।

स्वचालित प्रणालीमा जाँदा उपभोक्तामाथि उच्च मार पर्ने भन्दै मूल्य स्थिरीकरण कोषमा निगमले आफ्ना सबै विक्रीको १ प्रतिशत रकम जम्मा गर्छ ।

निगमको बिमासहित प्रशासनिक एवं विक्री खर्च र उसको प्राविधिक नोक्सानीका लागि थप १.७७ रुपैयाँ जोडिन्छ । रक्सौलदेखि काठमाडौंसम्मको ढुवानी लागत ५.११ रुपैयाँ लाग्ने बताइएको छ ।

यसरी मूल्य निर्धारण गरिंदा समेत भारतमा भन्दा झन्डै ३२ रुपैयाँले सस्तो पर्छ । सस्तो रहेकाले तराईमा तस्करीको समेत समस्या रहँदै आएको छ ।

सम्बन्धित समाचारहरू

ग्यास र इन्धनको मूल्य बढाएर कालोबजारी गर्नेमाथि महानगरको निगरानी सुरु

ग्यास र इन्धनको मूल्य बढाएर कालोबजारी गर्नेमाथि महानगरको निगरानी सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी...

नहट्ने भयो आयात प्रतिबन्ध : फेरि मंसिर मसान्त सम्म लम्बिने संकेत

नहट्ने भयो आयात प्रतिबन्ध : फेरि मंसिर मसान्त सम्म लम्बिने संकेत

काठमाडौं – आज असोज २८ । सरकारले अटोमोबाइल लगायतका विभिन्न वस्तुहरुमा...

ट्रम्पको चेतावनीले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा, प्रतिब्यारेल १२६ डलर नाघ्यो

ट्रम्पको चेतावनीले तेलको मूल्य चार वर्षयताकै उच्च विन्दूमा, प्रतिब्यारेल १२६ डलर नाघ्यो

अमेरिका–इरान युद्धबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...