पल्सर एनएस १६० को मूल्य ५ हजारले बढ्यो, यस्तो छ आज देखि लागू हुने सबै बजाज मोटरसाइकलको मूल्य

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आजदेखि लागू हुने गरी केही मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । नयाँ मूल्य सूची अनुसार सबैभन्दा बढी पल्सर एनएस १६० मा ५ हजार रुपैयाँ मूल्य बढेको छ । अन्य केही मोडलमा २ देखि ३ हजार रुपैयाँ सम्म मूल्य बढेको छ ।

प्लाटिना ईएस १००, डिस्कभर १२५ ड्रम, एभेन्जर १६०/२२०, पल्सर १५० र डोमिनार ४०० को मूल्य भने यथावत रहेको छ ।

नयाँ मूल्य सूची अनुसार पल्सर एनएस १६० को मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ । पल्सर सिरिजका अन्य मोटरसाइकलहरु पल्सर २२० एफको मूल्य ३ लाख ६४ हजार ९ सय, पल्सर एनएस २०० एफआई/एबीएसको मूल्य ३ लाख ९५ हजार ९ सय, पल्सर एनएस २०० एबीएसको मूल्य ३ लाख ६९ हजार ९ सय र पल्सर एनएस २०० को मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ ।

प्लाटिना ईएसको मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी डिस्कभर १२५ डिस्क भर्सनको मूल्य २ लाख १६ हजार ९ सय रुपैयाँ, डिस्कभर १२५ ड्रमको २ लाख ९ सय रुपैयाँ र डिस्कभर १२५ एसटीको मूल्य २ लाख २७ हजार ९ सय रुपैयाँ रहेको छ ।

बजाज बाइकको नयाँ मूल्य सूची यस प्रकार रहेको छ :

सम्बन्धित समाचारहरू

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...

बजाजको वेबसाइटबाट हट्यो पल्सर एन १५०, के बन्द गर्न लागिएको हो ?

बजाजको वेबसाइटबाट हट्यो पल्सर एन १५०, के बन्द गर्न लागिएको हो ?

१५० सिसी सेग्मेन्टमा सबैभन्दा पावरफुल मानिने बजाज पल्सर एन १५० लाई...

बीएस६ भर्सनको पल्सर एनएस १६० र एनएस २०० को नेपालमा बुकिङ खुल्दै

बीएस६ भर्सनको पल्सर एनएस १६० र एनएस २०० को नेपालमा बुकिङ खुल्दै

काठमाडौं – नेपाली बजारमा पल्सर एनएस एनएस १६० र एनएस २०० बीएस६ भर्सनको बुकिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...