मोटरहेडको ५ दिने एक्सचेन्ज क्याम्प हुने, पुरानो बाइकमा थप २० हजार दिइने

काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले यही माघ १९ गते देखि लागू हुने गरी ५ दिने एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ ।

उपत्यका भित्रका सबै शोरुमहरुमा लागू हुने उक्त कार्यक्रममा कम्पनीले यस पटक पुरानो बाइकको बजार मूल्यांकनमा थप २० हजार रुपैयाँ दिने भएको छ । यस अघि कम्पनीले थप मुल्यांकनमा १५ हजार रुपैयाँ दिने गरेको थियो ।

यसका साथै उक्त पाँच दिने कार्यक्रम एक्सचेन्ज नगरी नगदमै मोटरहेडका बाइक खरिद गर्दा १० हजार छुट र फाइनान्स खरिदमा ८ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । उपत्यका भित्र कम्पनीको ५ ठाउँमा शोरुम रहेको छ ।

धोविघाट, सल्लाघारी, टेकु, चावहिल र बालाजुमा रहेको शोरुमहरुबाट आफूले पायक पर्ने गरी यो अफरको फाइदा लिन सकिने कम्पनीले बताएको छ । बजारमा राम्रो प्रवेश गर्न सफल यस ब्राण्डका हाल ७ मोडल रहेका छन्, जसमा अफरोड राइडका लागि स्पोर्ट्स २५०, एक्स–टर्क २५०, एमएच–२००एक्स र रोड तथा अफरोड दुवैलाई हुने गरी टेक्कन २५०, टेक्कन २५०आर (नयाँ एडिसन), एमएच १५०आर र स्क्र्याम्बलर रहेका छन् ।

मोटरहेडका वाइकहरुको मूल्य ३ लाख ५ हजार देखि देखि लिएर ४ लाख ४५ हजार रुपैयाँ सम्म रहेको छ । कम्पनीले बिक्रीलाई सहज बनाउन र ग्राहकलाई सजिलो महसुस गराउन विभिन्न रिकन्डिसन र फाइनान्सहरुसँग सहकार्य गरी अघि बढेको जानकारी कम्पनीले दिएको छ ।

यसका साथै बिक्री पछिको सेवालाई सवल र सहज बनाउन आवश्यकीय तालिम दिलाई विभिन्न ठाउँमा आधिकारिक मर्मत केन्द्रहरुको स्थापना गर्दै गरेको जानकारी दिइएको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट

मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट

काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो न्ड...

मंसिर २२ देखि मोटरहेड भ्याली एक्सचेन्ज, बाइक किन्दा डर्ट हेल्मेट निःशुल्क

मंसिर २२ देखि मोटरहेड भ्याली एक्सचेन्ज, बाइक किन्दा डर्ट हेल्मेट निःशुल्क

काठमाडौं – मोटरहेड ब्रान्डको आधिकारिक वितरण एसएलआर टेक्नो एन्ड ट्रेड...

आँबुखैरेनीमा खुल्यो मोटरहेडको आधिकारिक मर्मत केन्द्र, एक्सचेन्ज क्याम्पमार्फत गरियो बिक्री

आँबुखैरेनीमा खुल्यो मोटरहेडको आधिकारिक मर्मत केन्द्र, एक्सचेन्ज क्याम्पमार्फत गरियो बिक्री

तनहुँ – मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...