सावधान : पानीको बोतल कार भित्र राख्दा गम्भीर दुर्घटना हुन सक्छ

हामी धेरैले सडकमा यात्रा गर्दा पानी प्यास लागेमा सहजताका लागि बोतलमा पानी राख्ने गर्छौ । तर कतिपय अवस्थामा यसैका कारण गम्भीर दुर्घटना समेत हुने गरेको पाइएको छ ।

मलेसियाको सिन चिउ डेलीले यस सम्बन्धी विस्तृत विवरण प्रकाशित गरेको छ । त्यसैगरी Polis Daerah Pendang नामक फेसबुक पेजमा यस सम्बन्धी सचेतनामूलक सामग्री प्रकाशित गरिएको छ ।

धेरै गाडीहरुमा कप होल्डर राखिएको हुन्छ । तर कतिपयले कप होल्डरमा बोतलका सट्टा अन्य सामग्री राखेर बोतललाई जता मन लाग्यो, उतै राख्ने गरेको पाइन्छ । त्यसैगरी धेरैजसो गाडीहरुमा कप होल्डर हुँदैन ।

यो अवस्थामा ड्राइभरहरुले जतासुकै पनि बोतल राख्ने गरेको पाइन्छ । कतिपय अवस्थामा यो बोतल लडीबुडी गर्दै ब्रेक र एक्सिलरेटर भएको स्थानमा गएर बस्न सक्छ ।

यदि त्यसरी बस्यो भने ब्रेक लगाउन वा एक्सिलरेटर थिच्दा आवश्यक कार्य नहुने हुन्छ । जसले गर्दा गम्भीर दुर्घटना हुन सक्छ ।

त्यसैले यो कुरामा सबैले सचेतता अपनाउने कि ?

सम्बन्धित समाचारहरू

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

बाइक बढी मत्रामा प्रयोग हुने सवारी साधन हो । बाइकबाट कुनै पनि गन्तव्यमा...

काठमाडौंमा ग्याब्रियलको कस्टमर मिट सम्पन्न, देशभरका रिटेलरको सहभागिता

काठमाडौंमा ग्याब्रियलको कस्टमर मिट सम्पन्न, देशभरका रिटेलरको सहभागिता

काठमाडौं – ग्याब्रियल इन्डियाको नेपालका लागि आधिकारिक वितरक एसडीआई...

एक्साइडले नेपाली बजारमा ल्यायो ४८ महिना वारेन्टी भएको नयाँ मोटरसाइकल ब्याट्री

एक्साइडले नेपाली बजारमा ल्यायो ४८ महिना वारेन्टी भएको नयाँ मोटरसाइकल ब्याट्री

काठमाडौं – विश्व प्रसिद्ध एक्साइड ब्रान्डको एक्सप्लोर नामक नयाँ ब्याट्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...