यामाहाले सार्वजनिक ग-यो इलेक्ट्रिक स्कुटर, उत्पादन छिट्टै शुरु हुने
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर नियो, ई०१ ग्लोबल रुपमा सार्वजनिक गरेको छ र...
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले यामाहा मोटरसाइकल किन्न चाहनेका लागि ‘डिफाई योर ईएमई’ नामक आकर्षक अफर ल्याएको छ । यस अन्तर्गत प्रतिदिन १३० रुपैयाँ तिर्न सकिने सम्म सस्तो दरको अफर उपलब्ध छ ।
यस अफर अन्तर्गत मासिक रुपमा ३ हजार ९०१ रुपैयाँ किस्ता तिर्न सकिन्छ । त्यसैलाई हिसाब गरेर दैनिक १३० रुपैयाँ दर भनिएको हो । यद्यपि मोटरसाइकलको मोडल अनुसार किस्ता रकम बढ्दै जानेछ ।
हाल बैंकहरुमा समेत रकम अभाव भएको समयलाई मध्यनजर गरी यो अफर ल्याएको कम्पनीले बताएको छ । यसकारण नै बीचको कुनै ३ किस्ता समेत आफूलाई उपयुक्त समय मिल्ने गरी तिर्न सकिने व्यवस्था समेत गरिएको छ ।
नेपाली बजारमा उपलब्ध यामाहाका एफजी भी२, एफजी–२५, एफजीएस भी२, एफजीएस भी३, एफजीएस भी३ एक्स–कनेक्ट, सलुटो र एसजेड–आरआर मोटरसाइकलका लागि यो अफर उपलब्ध छ ।
यो अफर र विभिन्न मोटरसाइकलको मूल्यका वारेमा समेत यो लिंकबाट जानकारी लिन सकिन्छ ।
यामाहाले नयाँ इलेक्ट्रिक स्कुटर नियो, ई०१ ग्लोबल रुपमा सार्वजनिक गरेको छ र...
यामाहाले आगामी मे १८ मा नयाँ बाइक आर७ को ग्लोबल डेब्यु गर्ने भएको छ । केही...
१५० सिसी सेग्मेन्टमा यामाहाले विभिन्न मोडलका मोटरसाइकल बिक्री गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...