यामाहाले ल्यायो ‘डिफाई योर ईएमआई’ अफर : दैनिक ११९ रुपैयाँमा स्कुटर, ३ ईएमआई फ्रि

काठमाडौं – नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले हाल बजारको अवस्थालाई मध्यनजर गरी स्कुटर किन्नेहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।

डिफाई योर ईएमआई नाम दिइएको सो अफर अन्तर्गत मासिक ३,५६२ रुपैयाँ सम्म किस्ता तिर्ने गरी यामाहा स्कुटर खरिद गर्न सकिने छ । यसो हुँदा दैनिक रुपमा ११९ रुपैयाँ सम्म मात्र तिरे पुग्ने हिसाब हुन्छ । त्यसैगरी ईएमआई तिर्दा आफूलाई मिल्ने समय अनुसार ३ वटा ईएमआई छुट समेत प्राप्त हुनेछ ।

हाल बजारमा क्रेडिट क्रन्च भइरहेको समयमा यसलाई समाधान गर्नका लागि इजी फाइनान्स पन्च उपलब्ध गराएको यामाहा नेपालको भनाइ छ ।

यामाहाका सबै मोडलका स्कुटरमा यो अफर उपलब्ध हुनेछ । नेपाली बजारमा यामाहाका फेसिनो, रेजी र रेजीआरका विभिन्न भेरिएन्टका स्कुटर उपलब्ध छन् ।

फेसिनो ११३ को मूल्य २ लाख १८ हजार ९ सय र फेसिनो १२५ एफआईको मूल्य २ लाख ६७ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी रेजी ११३ को मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ छ ।

रे जीआर स्ट्रिट -याली ११३ को मूल्य २ लाख २० हजार ९ सय, रे जीआर १२५ एफआईको मूल्य २ लाख ६५ हजार ९ सय र रे जीआर स्ट्रिट -याली एफआईको मूल्य २ लाख ७५ हजार ९ सय रुपैयाँ छ ।

यो योजनाको सम्बन्धमा विस्तृत जानकारी लिनका लागि यो लिंकमा क्लिक गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एनएसएल सिजन ३ को काठमाडौं रेजर्सको टाइटल स्पोन्सर बन्यो यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड

एनएसएल सिजन ३ को काठमाडौं रेजर्सको टाइटल स्पोन्सर बन्यो यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड

काठमाडौं – यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले नेपाल सुपर लिग (एनएसएल)...

यामाहाले दियो नेपाल प्रहरीलाई दुई मोटरसाइकल

यामाहाले दियो नेपाल प्रहरीलाई दुई मोटरसाइकल

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज...

आउँदै छ यामाहाको नयाँ आर१५ भर्सन : आर१५एस

आउँदै छ यामाहाको नयाँ आर१५ भर्सन : आर१५एस

यामाहा मोटर इन्डियाले आर१५ को अर्को भर्सन लन्च गर्ने तयारी गरिरहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...