पोखरा शोरुमबाट मोटरहेड मोटरसाइकल किन्दा १० आकर्षक अफर मध्ये एक रोज्न सकिने, यस्तो छ अफर

मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडको पोखरास्थित डिलर मल्टी स्टार मोटर्सले माघ महिनाभरका लागि विशेष अफर ल्याएको छ ।

मोटरहेड स्योर सट अफर २०७८ नाम दिइएको सो अफर अन्तर्गत उपलब्ध विभिन्न रोचक १० अफर मध्ये एक अफर रोज्न सकिने छ । कुनै पनि मोडलको मोटरहेड मोटरसाइकल किन्दा आफूलाई उपयुक्त लाग्ने यी अफर रोज्न सकिने छ :

१. पोखरामा निःशुल्क प्याराग्लाइडिङ

२. कुश्मामा निःशुल्क बन्जी जम्प

३. निःशुल्क १०० लिटर पेट्रोल

४. पोखराको थ्री स्टार होटलमा २ जनालाई वान नाइट स्टे

५. पोखराबाट काठमाडौका लागि २ टिकट

६. २ वर्ष सम्म मोटरसाइकलको सर्भिसिङ निःशुल्क

७. २ वर्ष सम्म मोटरसाइकलका लागि निःशुल्क लुब्रिकेन्ट

८. भाटभटेनी पोखरामा १० हजार रुपैयाँ सम्मको निःशुल्क सपिङ

९. निःशुल्क एकाउस्टिक गितार

१०. निःशुल्क राइडिङ गियरं

यी सबै अफर पोखरा शोरुममा मात्र उपलब्ध हुनेछ । सबै कम्पनीहरुले नगद छुट दिने ट्रेन्ड रहेको समयमा अलि फरकपन देखाउनका लागि यस प्रकारको अफर उपलब्ध गराएको मल्टी स्टार मोटर्सका सञ्चालक इन्द्र गिरीले बताए ।

यो अफर आगामी माघ २९ गते सम्म सञ्चालन हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...