बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा पाउनु आवश्यक छ । कतिपय मानिसहरु आफुसँग भएको सवारी साधनको कर कहिले तिर्नु पर्ने थाहा नभएकाले पनि हरेक बर्ष जरिवाना तिर्न वाध्य हुन्छन् ।

सवै सवारी साधनको ब्लुबुक (सवारीको विस्तृत विवरण) को सुरुको पेजमा सवारी दर्ता मिति लेखिएको हुन्छ । सोही मिति अनुसार नै हरेक बर्ष नवीकरण मिति कायम गरिन्छ । दर्ता मितिमा जुन महिना उल्लेख गरिएको हुन्छ, हरेक बर्षको त्यही महिनामा नवीकरण गर्नुपर्ने हुन्छ ।

ब्लुबुकमा पछिल्लो पेजमा सवारी नवीकरण मिति हुन्छ, जसमा जाँचेको मिति र म्याद पुग्ने मिति हुन्छ । मानिसहरुले कर तिर्दा म्याद पुगेको मितिको ९० दिन भित्र कर तिर्दा जरिवाना तिर्नु पर्दैन । तर त्यो मिति आर्थिक बर्षको चैत्रदेखि असार मसान्त सम्मको मितिलाइ मान्य हुने छैन ।

उदाहरणको लागि कुनै सवारी साधनको भाद्र महिनामा म्याद सकिन्छ भने त्यो सवारी साधनको कर मंसीर महिनासम्म तिर्न पाइन्छ । तर कसैको चैत्रमा म्याद सकिने मिति छ भने यो अवस्थामा ९० दिन थप पाइदैन । यदि कसैको बैशाख, जेष्ठ र असारमा म्याद सकिने मिति रहेको छ भने ९० दिन थप पाइने त कुरै छोडौ त्यो महिनासम्म पनि म्याद पाइदैन ।

बैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको चैत्र महिनामा नै कर तिर्नु पर्छ । नत्र नियम अनुसार जरिवाना लाग्नेछ ।

यदि ९० दिन कर तिर्न थप समय हुने सवारी साधनको ९० दिन काटेको ३० दिनसम्म पनि कर नतिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक बर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।

बैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको कर पनि चैत्र सम्म नतिरि बैशाखमा तिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक बर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।

कतिपय सवारी चालकहरुले कर कहिले सम्मको तिरेको हो पनि बुझेका हुदैनन् । ब्लुबुकको अन्तिम पेज (कैफियत) मा हेरेर मात्रै कुन कुन बर्षको तिर्नुपर्ने हो थाहा पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने, ब्लुबुक बोक्नु नपर्ने 

अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने, ब्लुबुक बोक्नु नपर्ने 

काठमाडौं – यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको...

वीरगञ्ज भन्सारमै थन्किए एक हजारभन्दा बढी नयाँ सवारी साधन

वीरगञ्ज भन्सारमै थन्किए एक हजारभन्दा बढी नयाँ सवारी साधन

वीरगञ्ज – आयातकर्ताले सवारी साधन जाँच पास गराएर नलगेपछि एक हजारभन्दा बढी...

काठमाडौँ उपत्यकामा कहाँको भाडादर कति छ ? (सूचीसहित)

काठमाडौँ उपत्यकामा कहाँको भाडादर कति छ ? (सूचीसहित)

प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...